विजयपुर । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा ४० टन भारवहन क्षमता भएको एक्रो ब्रिज जडान कार्य सम्पन्न गरेको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले उक्त स्थानको पुल भत्काएपछि आवागमन सहज बनाउन नयाँ पुल जडान गरिएको हो । पुल जडान भएसँगै नुवाकोट, रसुवा तथा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने भएको छ । साथै, बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री तथा अन्य अत्यावश्यक सामग्री ढुवानी गर्न पनि सहजता हुने अपेक्षा गरिएको छ ।
बाढीका कारण पुल भत्किएपछि प्रभावित क्षेत्रको आवागमन तथा सामग्री ढुवानीमा समस्या उत्पन्न भएको थियो । नेपाली सेनाले एक्रो ब्रिज जडान गरेपछि स्थानीय नागरिकको आवागमन र यातायात सञ्चालनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।






























