मोरङ/मोरङको पथरीशनिश्चरे र उर्लावारी नगरपालिकाको सीमानामा पर्ने सोल्टी खोलामा बाँध निर्माणका लागि लगाईएको ताराजालीमा अज्ञात पक्षले क्षति पुर्याएको छ ।
पथरीशनिश्चरे २ तर्फको दोगडे पैनी संरक्षणका लागि ढुंगा भरेको ८ वटा स्पर तारजाली वुधवार राती अज्ञात रुपमा काटेर क्षति पुर्याइएको पाइएको वडाअध्यक्ष यामप्रसाद गुरागाईंले जनाए । तारजाली काटेर क्षति पुर्याएको अवस्थाका बारेमा नगर प्रमुख दिलीपकुमार राई, वडाध्यक्ष यामप्रसाद गुरागाईं तथा सीमाना पर्ने उर्लावारी ३ का अध्यक्ष गञ्जबहादुर कार्की सहितका जनप्रतिनिधिले विहीवार विहान अनुगमन् गरेका छन् ।
जाली काट्ने पक्षको खोजी गरी कारवाही गरिने दुवै नगरपालिकाका जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् । त्यहाँ तारजालीको स्पर निर्माणका क्रममा उर्लाबारीतर्फ कटान हुने सम्भावना भएको ठहर गर्दै जालीलाई छोटो वनाउने बुधबार सहमति भएपछि जाली काटिएको अवस्थामा फेला परेको हो ।