विराटनगर/ सुमेरु कला सरोवरको आयोजनामा विराटनगरमा दश दिने नाटक उत्सव शुक्रबारदेखी सुरु हुने भएको छ । समितले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी जेठ ४ देखी १३ गतेसम्म हाटखोलमा रहेको आरोहण गुरुकुलमा मन्चन हुने भएको हो ।
दश दिनसम्म सञ्चालन हुने नाटक महोत्सवमा ८० देखी ९० वटा विद्यालयहरुले तयार पारेको नाटक मन्चन हुने सुमेरु कला सरोवरका अध्यक्ष सुवल मणि सापकोटाले जानकारी दिए । ‘कला साहित्य तथा संस्कृतिको संरक्षणको लागि नाटक मन्चन गर्न लागेको हौं,’ अध्यक्ष सापकोटाले भने, ‘नाटकको लागि सम्पूर्ण तयारी समेत पूरा भएको छ ।’
नाटकमा अभियन गर्ने कलाकारहरुलाई लामो समयसम्म सुमेरु कला सरोवरले प्रशिक्षण दिएका थिए । उनीहरुले प्रशिक्षण दिएपछि मोरङ जिल्लामा रहेको विभिन्न स्कूलका विद्यार्थीहरुले नाटक तयार परेका हुन् । जिल्लाको विभिन्न स्थानमा ७ वटा क्याम्प राखी १ सय ७ वटा विद्यालयका करिब ३ सय ७० जना विद्यार्थीहरुलाई प्रशिक्षण दिएको अध्यक्ष सापकोटाले जानकारी दिए । उनीहरुले १५ जनाको समूह बनाएर दश दिनसम्म नाटक मन्चन गर्नेछन् । दैनिक फरक-फरक विषय बस्तुमा आधरित नाटक मन्चन हुने बताइएको छ । अध्यक्ष सापकाटोले भने, ‘कला संस्कृतिमा आर्षित गराउने र सृजनाको विकास गराउने माध्यम पनि हो नाटक । उनले भने, ‘मन्चन गरेको मध्धे उत्कृष्ट दशमा पर्ने नाटकमा पुरस्कृत समेत वितरण गर्नेछौं ।’
प्रत्येक नाटक १५ मिनेटको रहेको छ । दश दिन सम्म मन्चन हुने नाटकमा करिब ७ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजक समितिले अपेक्षा राखेको छ । सविन कट्टेल, उद्धव सापकोटा, अनिल कुर्मी, सुगम सापकोटाले प्रशिक्षण दिएका थिए । यस अघि सुमेरु कला सरोवरले सुनसरीमा यस्तो नाटक मन्चन गरिसकेको छ ।