ताप्लेजुङ/निरन्तर झरीरहने पहिरोको कारण हिमाली जिल्ला ताप्लेजुङको पर्यटकीय तथा ऐतीहासिक महत्व बोकेको ओलाङचुङगोला बस्ति जोखिममा परेको छ ।

तमोर नदिको कटान नरोकिदा भविश्यमा बस्तिनै नरहने होकि भन्ने खतरा बढेको स्थानिय छेतेन शेर्पाले बताए । तमोर नदिको किनारामा रहेको र तमोरले बनाएको पहिरोले वर्षेनि घर भत्काउने गरेको शेर्पाको भनाई रहेको छ ।

नजिकै रहेको तमोर नदिको बहाव अलि बढेको बेला किनारामा भएको कमलो माटो बगाउने गरेको र बस्ति सम्म नै किनारा कटान गरिरहेको छ । लामो समय अघि देखि यस्तो भै रहेपनि त्यसको लागि कुनै पनि निकायबाट पहल नभएको स्थानियको गुनासो छ ।

उसो त भैगोलिक विकटताका कारण त्यहाँका मानिसहरु बसाँइ सरेर अन्यत्र गैरहेका बेला झनै नदिले बस्ति जोखिममा पर्न थालेपछि ऐतिहाँसिक महत्व बाेकेको ओलाङ्चुङगोला बजार नै रित्तिने अवस्थामा पूगेको छेतेन शेर्पा बताउँछन् ।

सदरमुकाम फुङ्लिङदेखि २६ कोष उत्तरमा रहेको फुक्ताङ्लुङ गाउँपालीकामा रहेको ओलाङचुङगोला बस्ति नै पहिरोको खतरामा परे पनि पहिरो रोकने प्रयास भने कतैबाट हुन सकेको छैन ।

तमोर नदीको किनारमा रहेकोले तमोर नदिले बस्ति तिर काट्दै लगेको र ठुलो बाढी आएर बस्तिनै बगाउने अवस्थामा रहेको शेर्पाको भनाई रहेको छ । चीनको तिब्बत सँग सिमाना जोडिएको महत्वपुर्ण व्यापारीक बजार भए पनि बजार जोगाउन कसैको ध्यान नगएको स्थानियको गुनासो रहेको छ ।

ऐतिहासिक रुपमा बनाईका काठका लहरै घर रहेको सो बस्तिको ओलाङचुङगोला बजारमा ६५ घरएकै ठाउँमा रहेका छन् । ऐतिहासिक महत्व बाेकेको ओलाङचुङगोला बजारलाई जोगाई राख्नको लागि पहिरो रोक्ने केहि कदम चाल्नको लागि सरोकारवाला निकायको ध्यान जान आवश्यक छ । ऐतिहासिक महत्व वोकेको ओलाङचुङगोला बजारको इतिहाँस नरहन सक्छ ।