पाँचथर/पाँचथरको सुःखा ग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पूर्व मन्त्री डम्बरसिं सम्बाहम्फे सर्वसम्बत निबार्चित भएकाे छ ।

गत बुधबार राती अबेर सम्म भएको उपभोत्ता समितिको तेस्रो साधारण सभामा सम्बाहाम्फे सर्बसमत अध्यक्षमा निर्वाचित भएको हो । तमोर लिफ्ट खानेपानी सरसफाई उपभोत्ता समितिको अध्यक्षको पद लामो समय देखी रिक्त रहेको थियो । आयोजनाको जिम्मेवारी बढ्दै गएपछि स्थानियहरुले अध्यक्षमा पदमा सम्बाहाम्फेलाई नै राख्नु पर्ने माग गरेपछि उनि सर्वसमम्त निर्वाचित भएका हुन । तमोर लिफ्ट खानेपानी आयोजनाको अभियान्ताको रुपमा लागि परेका सम्बाहाम्फे पुर्व सामान्य प्रसाशन राज्य मन्त्री समेत हुन । उपभोत्ता समितिको अध्यक्षमा बसेर काम गर्नु उनका लागि उचित थिएन, तर कुम्मायकबासीले आयोजनाको नेत्रित्व गर्न पटक, पटक आग्रह गरेपछि उनि सर्बसम्मत अध्यक्ष भएका हुन ।

आयोजना काम अघि बढाउन झन चुनौती थपिएको छ । उनले भने, यस्तो अवस्थामा जनताले आयोजनाको चुनौतीलाई महसुुस गरेर मलाई अध्यक्षमा रहेर काम गर्न आग्रह गरेपछि त्यस्को नेत्रित्व मैले समालेको हुँ, सम्बाहाम्फेले भने । सोही सभामा समितिको बिधान सम्साेधन गरी समितिमा नयाँ कार्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा पूर्व डियस्पी जगतजंग लावती, र मेघराज निरौला रहेका छन् भने । महासचिवका अमरसिंह थापा, सचिव देसु लावती, कोषाध्यक्षमा पदमबहादुर कार्की गरी १३ सदस्यीय समिति चयन गरिएको छ । त्यस्तै समितिको लेखा समितिको संयाेजकमा गोबिन्द्र फुयाल रहे ।

समितिको आयश्रोत ५७ लाख ५३ हजार ८४७ रहेको र ब्याय एक लाख २० हजार मात्रै रहेको थियो । सभामा सांगठनिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । यासोक सुःखा क्षेत्रको अध्यान २०६६ सालमाबाट सुरु भएको थियो । आयोजनाको अध्यान पछि २०७२ साल पुष १६ गतेबाट ठेक्का सम्झौता भई योजनाको कामले निरन्तरता पाएको हो । तीन हजार ४३ घरधुरीलाई लक्षित गर्दै दुई चरणका काम अघि बढिरहेको निर्माण कम्पनीले दुवै चरणको ६० प्रतिशत काम सम्पन्न भएको बताएको छ । आयोजनाको ११ वटा आरभिटि मध्ये ९ वटा पुरा भएको डिविजन कार्यालयका ईन्जिनियर रबिन्द्र रायले बताए ।

पछिल्लो समयमा निर्माण कम्पनीको प्रगति बिवरण सन्तोस जनक भएकाले तोकिएको समय अगाडीनै आयोजनाको काम सम्पन्न हुने उनले दावी गरे ।