धरान/ ११ दुर्गा चोक स्थित लिबर्टी रेसिडेन्सियल स्कुलको ‘लिबर्टी बाल क्लब’ ले पुतली लाइन स्थित दुर्गा चोक नजिकै जेब्रा क्रसिङ्ग निर्माण गरेको छ । विद्यालय क्षेत्र पर्ने उक्त स्थानमा बढि दुर्घटनाको जोखिम भएकोेले जेब्रा क्रसिङ्ग निर्माण गरिएको क्लबका अध्यक्ष क्रिस्टिना राईले बताइन् । बिद्यार्थीहरुलाई विद्यालय क्षेत्रमा आवत-जावत गर्दा जेब्रा क्रसिङ्गको प्रयोग गर्न समेत उनले आग्रह गरिन् ।
लिबर्टी बाल क्लबले गरेको उक्त कार्य अत्यन्तै सह्रानीय भएको स्थानिय उमा गुरुङ्गले बताइन् । यो काम स्थानिय सरकारको भरमा नपरि विद्यार्थीहरुले गरेकोमा सबै विद्यार्थीहरुलाई उनले धन्यवाद समेत प्रदान गरिन् । केही दिन अगाडि लिबर्टी बाल क्लबद्वारा जेब्रा क्रसिङ्ग निर्माणको प्रस्ताव आएको थियो । उक्त प्रस्तावलाई स्कुल व्यबस्थापन समितीले सहर्ष स्विकार गर्दै आवश्यक सामाग्री प्रदान गरेको स्कुलका संस्थापक प्रिन्सिपल तेजमान लिम्बुले बताए । आगामी दिनहरुमा बाल क्लबले गर्ने हरेक सामाजिक कार्यहरुमा विद्यालयले हातेमालो गरी अघि बढ्ने समेत प्रतिबद्धता उनले गरे ।