विराटनगर । विराटनगर – १३ स्थित भारतिय दुतावासको कार्यालयमा बम बिष्फोटमा संलग्न थप एक जना प्रहरीले पक्राउ गरेको छ । दुतावासको कार्यालयमा बम बिस्फोटन गराइ फरार भएका मोरङ वुढिगंगा गाउँपालिका २ का ६२ वर्षिय सागर भन्ने सुरेश कुमार राईलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई बिहीबार विराटनगर – १५ स्थित छाला फ्याक्ट्री अगाडीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डियसपी निशान्त थापाले जानकारी दिए । पक्राउ परेका राईलाई बिहीबारनै मोरङ जिल्ला अदालत मोरङमा म्यात थप गरेको छ । प्रहरीले यस अघि यही अभियोगमा दुई जना पक्राउ गरिसकेको छ । विप्लप नेतृत्वको पार्टीले भारतीय राजदुतावसको सम्पर्क कार्यालयमा वैशाख ३ गते राती ८ बजे बम बिस्फोटन गराएका थिए । बिस्फोटन पद्धार्थबाट राजदुतावसको पर्खाल र स्थानीय देवकान्त झाको घरको झ्यालको सिसामा छती पु¥याएको प्रहरीले जनाएको छ ।