मधुमल्ला । जेष्ठ नागरीकहरुलाई सम्मान र सामाजीक सुरक्षा आफ्नो उच्च प्राथमीकतामा रहेको संघिय सम्सदका सदस्य घनश्याम खतिवडाले बताएाका छन । हिजाे (बिहीबार ) मोरङको मिक्लजुङ गाउँपालिका वार्ड नं. ८ को आयोजानमा समाजका विभिन्न पक्षमा सहयोग पु¥याउने, पुर्व वडा अध्यक्ष, जेष्ठ नागरीक , व्यवसायीक कृषक तथा अपाङ्गहरुलाई सम्मान कार्यक्रममा बोलदै खतीवडले सो कुरा बताउनु भएको हो ।
कार्यक्रमा मिक्लाजुङ गाउँपालिका वार्ड नं. ८ का पुर्व वडाअध्यक्षहरु मनोज बस्नेत लालबहादुर बोहोरा लाई सम्मान गरीएको थियो । त्यस्तै मिक्लाजुङ गाउँपालिका वडा कार्यालयको भवन निमार्णका लागि निशुल्क जग्गा दान गर्ने जग्गादाताहरु कृष्ण प्रसाद ढकाल, लालबहादुर बोहोरा, मात्रीका ढकाल र लक्ष्मी प्रसाद पोख्रेललाई सम्मान गरीएको थियो ।
त्यस्तै वडा नं. ८ मा कृषी पेशामा सर्मपीत भई कार्य गर्ने र कृषीमा लागी पर्न उत्प्रेरीत गर्ने अगुवा कृषकहरु रमेश बस्नेत, लालबहादुर गिरी, पदम भण्डारी, ठाकुर बुढथोकी, खड्ग छिनाल, निर्मला सावा राई लगायत १८ जना अगुवा किशानहरुलाई सम्मन गरीएको थियो । जेष्ठ नागरीकहरु २०० जना लाई खादा ओडाई सम्मान र १–१ थान छाता प्रदान गरीएको वडा अध्यक्ष नविन कार्कीले जानकारी दिनु भयो ।
त्यस्तै पुर्ण अपाङ्ग भएका ११ जनालाई छाता र ओडने कम्मल प्रदान गरीएको थियो । कार्यक्रmमा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्य, मधुमल्ला खनेपानी उपभोक्ता समुहका बाकुमार भण्डारी स्थानीय समाज सेवीहरु रुद्रबहादुर बस्नेत र प्रवेश कुवंर लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम वडा अध्यक्ष नविन कार्की सभापतित्वमा सम्पन्न भएको थियो ।