इटहरी । इलाका प्रहरी कार्यालय इटहरीको टोलिले इटहरीका बिभिन्न होटलबाट ९ जना यौनकर्मीसहित १२ जनालाई पक्राउ गरेको छ। प्रहरीले इटहरीस्थित गणपति होटल लगायतका बिभिन्न होटलबाट उनिहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले इटहरी आसपासका केही होटल तथा लजहरुमा सञ्चालकहरुले नै यौनकर्मीहरुलाई सम्पर्क गरी अबैध यौनधन्दा तथा बेश्यावृति गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले जेठ २ गते इटहरीको नेशनल गल्लीमा रहेको गणपति होटल लगायत अन्य होटल तथा लजहरुबाट गणपति होटलका सञ्चालक राजकुमार सुबेदी, ग्राहकहरु कैलालीका भरत बिष्ट र हेटाँैडाका महेश कुँवरसहितलाई पक्राउ गरेको छ।

पक्राउ परेका महिला एवं यूवतीहरु यसअघि पनि पटकपटक पक्राउ परेका ईलाका प्रहरी कार्यालय इटहरीका निमित्त प्रमुख प्रहरी निरिक्षक राजन कार्कीले जानकारी दिए ।

पक्राउ परेकाहरु बिरुद्व सार्वजनिक अपराधमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको कार्कीले जनाउनुभयो। प्रहरीले अनुसन्धानका क्रममा होटल सञ्चालकहरुले आफै त्यस्ता यौनकर्मीहरुलाई फोन मार्फत बोलाई ग्राहकबाट कमीशन लिएर यौन व्यवसायमा संलग्न गराउने गरेको खुल्न आएको जनाएको छ।

पूर्वीखबरबाट साभार