विराटनगर /सुमेरु कला सरोवरको आयोजनामा विराटनगरमा दश दिने नाटक उत्सव शुक्रबारदेखी सुरु भएको छ । आरोहण गुरुकुलमा सुरु भएको नाटक महोत्सवमा पहिलो दिन जनचेतना मुलक चार वटा नाटक मन्चन भयो ।

[caption id="attachment_83010" align="aligncenter" width="960"] नाटक महोत्सवमा अभियन गर्दै ।
तस्विर : अनिल श्रेष्ठ[/caption]

शुक्रबार विराटनगरमा रहेको गोदावरी बोर्डिङ स्कूल, श्री गोग्राह मावि, सगरमाथा सेकेण्डरी बोर्डिङ स्कूल र रङ्गेलीमा रहेको माउण्ड मकालु बोडिङ स्कूलका विद्यार्थीहरुले नाटक मन्चन गरेका थिए । लामो समयको प्रशिक्षण पछि विद्यार्थीहरु आफैले निर्देशन गरी नाटक तयार परेका हुन् । पहिलो दिन मन्चन भएको नाटकले बाल बिवाह जस्तो जघन्य अपराध गर्नबाट रोक्न र लागूऔषध दुव्र्यसेनी कसरी मृत्युको मुखसम्म पुग्न सकिनन्छ भन्ने खालको नाटक मन्चन भएको थियो ।

आउँदै जेठ १३ गतेसम्म हुने नाटक महोत्सवमा ८२ वटा नाटक मन्चन हुने सुमेरु कला सरोवरका अध्यक्ष सुवल मणि सापकोटाले जानकारी दिए । ‘कला साहित्य तथा संस्कृतिको संरक्षणको लागि नाटक मन्चन गर्न लागेको हौं,’ अध्यक्ष सापकोटाले भने । उनका अनुसार प्रत्येक दिन ८ देखी १० वटा स्कूलका विद्यार्थीहरुले आ–आफ्नो नाटक मन्चन गर्नेछन् ।

प्रत्येक नाटकमा १५ जनाको समूह बनाएर विद्यार्थीहरुले अभियन गरेका छन् । अध्यक्ष सापकोटाका अनुसार दैनिक फरक– फरक विषयबस्तुमा आधरित नाटक मन्चन हुने जानकारी दिए । महोत्सवमा मन्चन भएको मध्धे उत्कृष्ट दशमा पर्ने नाटकमा पुरस्कृत समेत गर्ने आयोजकले जनाएको छ ।

प्रत्येक नाटक १५ मिनेटको रहेको छ । दश दिन सम्म मन्चन हुने नाटकमा करिब ७ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजक समितिले अपेक्षा राखेको छ ।

यस अघि पनि सुमेरु कला सरोवरले सुनसरीमा यस्तो नाटक मन्चन गरिसकेको छ ।