यासोक । पाँचथर प्रहरीले समाजमा बढ्दै गईरहेको अपराधिक कृयाकलाब न्युनिकरणको लागि बिभिन्न चेतनामूल कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । पछिल्लो समयमा प्रहरीले जिल्लाका सबै प्रहरी इकाईहरुमा समाजमा ब्याक्त रुपमा मौलाउँदै गईरहेको जबरजस्ती करणी बिरुद्ध बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ । जिल्लाको दक्षिणी भेग कुम्मायक गाउँपालिकामा रहेको ईलाका प्रहरी कार्यालयले पनि महिला माथी हुने योन जन्य हिङसालाई रोक्नका लागि आ–आफ्नो क्षेत्रबाट प्रहरीलाई सहयोग गर्न आग्रह गरेको छ ।

सरोकारबालाहरु संगको अन्तरक्रिया कार्याक्रम मार्फत प्रहरीले यस्तो आग्रह गरेको हो । कायालयका प्रमुख भरतकुमार थापाले बिभिन्न सामाजिक सन्जालको दुरुपयोगबाट समाजमा महिला माथी हुने योनजन्य अपराधहरु दिन प्रतिदिन बृद्धि हुदै गईरहेको प्रति चिन्ता ब्याक्त गर्दै, यस्ता अपराधिक कृयाकलाबलाई जरैदेखी समाप्त पारेर लार्नु पर्नेमा जोड दिएका थिए । बर्दि बिनाको प्रहरी नागरिक भएकाले पहरी संग सहकार्य गरेर यस्ता अपराधिक कृयाकलाब रोक्न सहयोगको लागी थापाले आग्रह समेत गरे । सोही कार्याक्रमा सिद्धमाबि रानिगाउँका प्रधानाध्यापक नरेन्द्र सम्बाहाम्फेले जबरजस्ती करणी बिरुद्धको सचेतना प्रतेक बिधालयमा अध्यान गर्ने बिधार्थी र अभिभावकहरुलाई दिनुपर्नेमा जोड् दिएका थिए । बिधालयमा जनचेताना अभिबृद्धि गर्न सकेमा यसको प्रभाबकारीता बढेर जाने छ । उनले भने । कुम्मायक गाउँपालिकामा जबरजस्ती करणीका घटनाहरु घट्न नदिनको लागि गाउँपालिकाले प्रहरीसंग मिलेर सचेतनामूलक कार्यक्रमहरु बिधालय र ग्रामीण क्षेत्रका समुदायहरुमा समेत लानुपर्ने गाउँपालिकाका अध्यक्ष जयबाहादुर चेम्जोङले बताए । समाजमा ब्याक्त महिला हिंसा र योनजन्य दुब्र्याबहारका घटनाहरुलाई जनचेतना मार्फत निरुसाहीत गर्ने बिषयमा गाउँपालिका लागि पर्ने छ । चेम्जोङले भने । सोही सचेतनामूलक कार्यक्रमा समूदायिक सेवा उप केन्द्रका अध्यक्ष मेघराज निरौला, वडा न. १ का बडा अध्यक्ष देबेन्द्र कुमार लावती र वडा न. ४ का वडा अध्यक्ष पुर्णबहादुर खड्का लगायतका सहभागीहरुले जबरजस्ती करणीलाई समाजबाट अन्य गर्न समुदाय र प्रहरी मिलेर जानुपर्नेमा जोड्दिएका थिए ।