यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा ऐतिहासीक रुपमा प्रतेक तीन–तीन बर्षमा लाग्दै आईरहेको तङसुम तङनाम त्रिशाली पुजा एवंम मेलाको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । मेला मूल समारोह समितिले त्रिशाली पूजा एवंम मेलाको आयब्याय सार्वजनिक गरेको छ ।

जस्को आयतर्फ ६ लाख सात हजार ४१९ रुपयाँ र ब्यायतर्फ चार लाख ४४ हजार २८३ रुपयाँको रहेको छ । बचत तर्फ एक लाख ६३ हजार एक सय ३६ रुपयाँ रहेको त्रिशाली मेला एवंम पुजा मूल समारोह समितिका अध्यक्ष तथा वडा न. एकका वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले सार्वजनिक गरेका थिए । गएको त्रिशाली पुजा र मेलाको भन्दा यस पटक सोचे भन्दा पनि राम्रो भएकाले प्रतेक त्रिशाली पुजा र मेलाको बचत रकमलाई कुम्मायक–कुस्सायक क्षेत्र बिकाश कोषमा राख्ने लावतीले बताए । कुम्मायक–कुस्सायक धार्मिक स्थलको पर्यटन प्रर्वद्धन गर्नका लागी गाउँपालिकाले बिषेस जोड दिने गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । उनले धार्मिक संम्पदाको नाममा दाताहरुले भेटी स्वरुप सहयोग गर्दै आएकाले यसलाई ब्याबस्थीत गर्न कुम्मायक कुस्सायक क्षेत्र बिकाश कोषलाई चलायमान बनाउँदै लानुपर्ने बताए । दाताहरुले स्वदेश तथा बिदेशमा रहेर सहयोग गर्ने गरेको स्मरण गर्दै चेम्जोङले दुबै धार्मिक सम्पदालाई संरक्षण गर्नुपर्नेमा जोड दिए । २०७४ साल बैसाख २४ गते देखी २६ गते सम्म सन्चालन भएको पुजा र मेलाको लागी आर्थिक सहयोग गर्ने कुम्मायक गाउँपालिका कार्यालयका अध्यक्ष जयबहादुर चेम्जोङलाई आयोजक समितिका अध्यक्ष देबेन्द्रकुमार लावतीले सम्मान पत्र हस्तानतरण गरेका थिए । त्यसै गरी मेलामा १४ वटा गेठ निर्माण गर्ने गाउँपालिकाको ५ वटै वडा र बिभिन्न संघसस्थाका प्रतिनिधिहरुलाई पनि सम्मान गरिएको छ । जसमा प्रचार प्रसार उपसमितिमा रहेर सक्रिय पुर्वक प्रचार–प्रसार गरेको भन्दै यासोक ब्लाष्ट्र संम्बादाता रमेश थापालाई पनि सम्मान पत्र प्रदान गरिएको छ । बिभिन्न जिम्मेवारीमा रहेर सफलता पुर्वक काम गर्ने समितिका सहसम्योजकहरुलाई पनि सम्मान गरिएको थियो ।