ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार भित्रको सडक भासिन थालेको छ । फुङलिङको तोक्मे डाँडामा भन्ने स्थानमा सोमवार दिउँसो एक्कासी भासिएर भ्वाङ परेको स्थानीयले बताएका छन् । सर्वसाधरण मानिस हिँडिरहेको समयमा एक्कासी भासिएर भ्वाङ परेको हो ।
बाटो निर्माण गर्दा निर्माण पक्षले हेलचेक्राई गरेका कारण यसरी ठाउँठाउँमा भासिने गरेको सदरमुकामबासीको गुनासो छ । यस अघि पनि सदरमुकाम क्षेत्रमा पक्कि गरिएको छोटो समयमा नै कतै भासिएको र कतै भत्किएको पाईएको स्थानीयले बताएका छन् । पक्कि गर्ने क्रममा राम्रो सित रोडर नलगाईएको साथै गिटि, बालुवा र सिमेन्टको मात्रा समेत पुरा नगरेकाले सदरमुकाम भित्रको पक्कि सडक वर्षेनी कच्चिमा परिणत हुने गरेको छ ।
एक वर्ष अघि पक्कि गरेको एक महिना नपुग्दै साक्य मेडिकल आसपासमा भत्एिको थियो । यता पुरानो वैंक लाईन क्षेत्रमा समेत वर्षेनी भत्किने र हिलाम्मे हुने गरेको छ । सदरमुकाम भित्रकै सडक पक्कि भएको वर्ष दिन नपुग्दै भत्किएर कच्चि हुने गरे पनि सम्वन्धित पक्ष भने मौन बस्ने गरेको स्थानीयको आरोप छ ।