पथरी । मोरङको ग्रामथान गाउँपालिकाबाट प्रहरीले ९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । आइतबार साँझ ७ बजे ग्रामथान वडा नं.४ कटहरी स्थीत सुजित माझीको घरमा जुवा खेल्दै गरेको अवस्थामा ९ जनालाई पक्राउ गरेको हो । प्रहरीले ग्रामथान ३ बस्ने ३५ बर्षिय तुलसी बिश्वास, ४६ बर्षिय सुजित विश्वास, ४०बर्षिय रुपसा तामाङ्ग, ४० बर्षिय हरीलाल माझि, ३३ बर्षिय कपिल कुमार महत्तो, कानेपोखरी– ५ बस्ने २८ बर्षिय दिलिप राई, बिराटनगर–४, कंन्चनबारी बस्ने ४८ बर्षिय नबिन रेग्मी, बुडीगंगा गाउँपालिका–३ बस्ने २१ ब्र्षिय रबिन राय र भारत अररिया कुवाड़ी बस्ने ३८ बर्षिय सत्यदेब चौधरीलाई पक्राउ गरेको हो । प्रहरीको गोप्य सुचनाको आधारमा एक नम्बर प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र इलाका प्रहरी कार्यालय हरैचाले जुवाको खाल सहित एक सेट कौडा (१६ वटा) र नगद रु २ लाख, ८३ हजार, ९ सय ९५ रुपैयाँ सहित उनिहरुलाई पक्राउ गरेको थियो । जुवा खेलेको स्थानबाट उनिहरुले प्रयोग गरेको ८ बटा मोटरसाइकल र ११ थान मोवाइल समेत प्रहरीले बरामद गरेको छ । बा ६६प ८९६५, को२३प१४३, को५प१५९४, को४प५१९७, को५प५६७२, को४प५६५७, स३प ८३२५, बिआर ११ जी ५२६० गरी जम्मा ८ मोटरसाइकल पक्राउ गरिएको हो । उनिहरुलाई मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको मोरङ प्रहरीले जनाएको छ ।