इटहरी । नेपाली चलचित्र ‘पुरानो बुलेट’ को एउटा गीतको छायाङ्कन मोरङ दुलारीको गोकुलम पार्कमा गरिएको छ ।
मोरङको पथरीबाट फिल्मको छायाङ्कन शुरु गरिएको थियो । नायक अनुपविक्रम शाही र नायिकाद्वय वर्षा सिवाकोटी र माला लिम्बू फिल्ममा देखिएका छन् । फिल्मको निर्देशन भीषण राईले गरिरहेका छन् । एक करोड लागतमा फिल्म निर्माण भइरहेको छ । चलचित्रकी नायिका वर्षा शिवाकोटीले आफू जन्मिएको ठाउँ मोरङमा चलचित्रको सुटिङमा आउँदा आनन्द आएको बताइन् । नायक अनुपले पनि चलचित्रमा जोडिन पाएकोमा खुशी व्यक्त गरे । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म बनिरहेको छ ।
गोकुलममा ‘पुरानो बुलेट’
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































