पथरीशनिश्चरे । मोरङ्गको पथरीशनिश्चरेमा प्रथम पथरीशनिश्चरे जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।
टाइमन राईको सौजन्य र पथरीशनिश्चरे तेक्वान्दो डोजाङ्गको आयोजनामा आइतबार सम्पन्न प्रतियोगितामा टिमतर्फ पथरीशनिश्चरे तेक्वान्दो डोजाङले उपाधि जितेको छ भने विराटचौक डोजाङ दितिय भएको छ । पथरी डोजाङ्गले २ स्वर्ण १ रजत र २ कास्य जितेको छ । विराटचौकले २ स्वर्ण पदक जितेको छ ।
पुरुष तर्फ ४६ केजी तौल समुहमा पुकार राईले स्वर्ण , उज्वल बस्नेतले रजत र विसु मगर र समीर राईले कास्य पदक जितेका छन् भने महिलाको सोही तौल समुहमा सजना योगीले स्वर्ण, कोमल लिम्बू रजत र प्रभा तामाङ र रुजु राइले कास्य जितेका छन् ।
पुरुष ४२ केजी पुरुष समूहमा थोमस मगरले स्वर्ण, अर्जुन राईले रजत र सोनाम गुरुङ र नितिक गिरिले कास्य पदक जितेका छन् । सोही तौल समुहमा महिलातर्फ सृष्टि राइले स्वर्ण, लक्ष्मी शाहले रजत र मनिका गौतम र रचना कटुवालले कास्य पदक जिते ।
पुरुष तर्फ ३८ केजी तौल समूहमा सन्दिप राइले स्वर्ण, दिपक सन्जेलले रजत , निशान अधिकारी र उर्वन तामाङले कास्य पदक हात पारेका छन् ।
३३ केजी तौल समूहमा अर्जुन बस्नेतले स्वर्ण, नवीन तामाङले रजत तथा उत्तम संजेल र हिमाल थापाले कास्य पदक जित्न पुगे । सोही समूहमा महिलातर्फ क्यारोल सोनामले स्वर्ण , सुभेक्षा मगरले रजत र सविता तामाङ र निमा तामाङले कास्य पदक जिते । विराटचौकका पुकार राई र पथरीशनिश्चरेकी क्यारोल सोनाम उत्कृष्ट खेलाडी घोषित भएका छन । प्रतियोगितामा मोरङ भरीका ९ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताका बिजेतालाइ पथरीशनिश्चरे नगरपालिकाका नगर खेल विकास समितिका अध्यक्ष मणि लिम्बुले पुरस्कार र प्रमाणपत्र वितरण गरेका छन् । प्रतियोगिताको नगर प्रमुख दिलिप राइले उदघाटन गरेका थिए ।