रङ्गगेली । बढी बिल्डीङ्ग क्लवमा प्रशिक्षण गर्ने कोचहरुलाई व्यवसायीक बनाउने उद्देश्यले मोरङको विराटनगरमा संचालनभएको ७ दिने प्रशिक्षण सम्पन्न भएको छ ।

तालीमा सहभागि भएका ३४ जना कोचलाई शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई प्रदेश १का समाजिक विकास मन्त्री जिवन घिमीरेले प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा मन्त्री घिमीरेले खेल युवाहरुकालागी अत्यावश्यक भएको बताएका थिए । खेलले जिवनलाई अनुसासित बनाउन सहयोग गर्ने उनले बताए ।

मोरङ जिल्ला बडीविल्डीङ एण्ड फिटनेस संघले तालीमको आयोजना गरेको हो । प्रमाणपत्र वितरण कार्यक्रममा विराटनगर माहानगरपालीकाका मेयर भिम पराजुलीले संघ सँग सहकार्य गरेर अगाडी बढन तयार रहेको बताए । यस्ता खेलले युवालाई समाज सँग जोडन सहयोग गर्ने उनले बताए ।

इन्टरनेश्नल फेडरेसन आफ बडीविल्डीङ एण्ड फिटनेसका एक्सपर्ट शिवलाल श्रेष्ठ,राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक राजेन्द्ररत्न तुलाधर,न्यूट्रिसन एक्सपर्ट सुनील राजवंशी,स्पोर्ट साइन्सका प्रध्यापक दिवाकरलाल अमात्य, हाडजोर्निका डाक्टर नविनकुमार कर्णले कोचहरुलाई प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा उनीाहरुलाई बडीविल्डीङ टेक्निक,स्पोर्ट साइन्स र औषधि तथा आहारको बारेमा जानकारी गराइएको बडीविल्डीङ संघ मोरङका कोषाध्यक्ष किसोर पोखरेलले जानकारी दिए । प्रदेश १ मा साना ठूला गरेर ३५ वटा क्लव संचालनमा रहेको आयोजकले जानकारी दिएको छ । त्यस मध्ये मोरङ्गमा मात्र १७ वटा साना–ठूलो फिटनेस क्लब संचालनमा रहेका छन् ।

जसमा २५ लाख देखि ५ करोड सम्म लगानी रहेको बताइएको छ । यस्ता क्लवहरुमा अब तालीमा प्रप्त कोच राख्नु पर्नेमा उनीहरुले जोड दिएका छन् । इन्टर नश्नल फेडरेसन आफ बडीविल्डीङ एण्ड फिटनेसले सहयोग गरेको यस तालीमलाई देशैभरी संचालन गरिने भएको छ ।