ताप्लेजुङमा जारी तेस्रो संस्करणको पाथिभरा गोल्डकपको उपाधिकालागिदूई झापाली टिम भिड्ने भएका छन् ।शनिवार हुने फाईनल खेलमाउपाधिदाऊमान्यूस्टार क्लवझापार रेडस्टार झापाहुनेछन् । शुक्रबार अबेर सम्पन्नअन्तिम सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियनचर्च ब्वाइज् क्लव काठमाडौलाई पाखालगाउँदै न्यूस्टारले उपाधियात्रा तय गरेको हो । खेलको ३८औं मिनेटमा लिएको अग्रताजोगाउननसक्दाचर्च ब्वाइज् २–१ गोल अन्तरले पराजितहुनपुग्यो । चर्चब्वाइज्कालागि बुद्धिमान राईले पहिलो हाफमागोल गरेर अग्रतादिलाएकाथिए । पहिलो हाफमा १–० ले पछि परेको न्यूस्टारले दोस्रो हाफको तेस्रोमिनेटमा उपहार गोल पायो । सोहि गोलमार्फत् खेल बराबरी गर्न सफलपनिभयो । चर्चब्वाइज्काकप्तान रमेश दंगालले आत्मघाति गोल गरेकाथिए । निर्धारित समयको अन्तिम समयमा न्यु स्टारकासनम राईले फ्रिकिकमार्फत् आकर्षक गोल गरेपछि न्यूस्टार विजयनजिकपुगेको थियो । शुक्रबारको खेलमा न्यूस्टारकाजर्सी नं ६काविशालदर्जी म्यानअफ द म्याच घोषित भए । न्यूस्टारले यसअघि क्वाटरफाईनल चरणमा कर्णसिह सोनाम स्मृतिक्लवताप्लेजुङलाई पराजित गरेको थियो भने रेडस्टार झापाले क्वाटरफाईनल चरणमा रेडहर्स इलामलाई पराजित गरेको थियो । विहिवार भएको पहिलो सेमिफाईनल खेलमा राष्ट्रिय जागृतीक्लव सुनसरीलाई ट्राईवेशरमा पराजितगर्दै उपाधिनजिकपुगेको थियो ।दुवै टिमले पाथिभरा गोल्डकपको उपाधिआफ्नो पक्षमा रहने दावी गरेका छन् । यस अघि पनिझापा ११ का खेलाडीलाई मैदानउतारेको रेडस्टारले तिनजनाविदेशी खेलाडिलाई पनि मैदानमा पठाईसकेको छ । निकै नै अनुभवि खेलाडीलाई भित्राएको रेडस्टार झापाले झापा ११ का कर्ण लिम्बू, विवेक पौडेल, भुषण लिम्बू, निशानलिम्बू लगायतका खेलाडीलाई शनिवार पनि मैदानमाउर्ताने छ । यतानयाँजोस वोकेको न्यूस्टार झापाका खेलाडीहरुले समेत यसअघिका खेलमानिकै उत्साहजनक खेल खेलिरहेका छन् । न्यूस्टारकापहिलेका खेललाई हेर्दा शनिवारको उपाधि भिडन्त निकै प्रतिस्पर्धात्मकहुनेछ । लाखेजात्राको अवसरमा २०२९ सालदेखि निरन्तर हुँदै आएको प्रतियोगिताको विजेताले ३ लाख१ हजार १ सय ११ नगद पुरस्कार पाउनेछन् भने उपविजेताले १ लाख ५१ हजारमाचित्तवुझाउनु पर्नेछ । २०२९ सालदेखि लाखेजात्राको अवशरमाविभिन्ननामले सञ्चालनहुँदै आएको यो खेल विगत ३ वर्षदेखि पाथिभरा गोल्डकपले सञ्चालनहुँदै आएको छ । पुर्व कै प्रसिद्ध तिर्थ स्थलपाथिभराको महिमालाई खेलको माध्यमवाट राष्ट्रिय तथाअन्तराष्ट्रिय स्तरमाप्रचार गर्ने उद्देश्यले यस्को नामविगत ३ वर्षदेखि पाथिभरा गोल्डकप नामाकरण गरिएको आयोजकलाखेजात्रा सञ्चालन समितिले वताएको छ । दर्शकहरुको अत्याधिकउपस्थिति रहने यस गोल्डकपमा गतभदौ ८ गते देखि नै अस्थाई वाँसको प्याराफिटमा बसेर खेलको आनन्दलिई रहेका छन् । आयोजककाअनुसार विगतचार वर्ष देखि निरन्तर रुपमा निमार्ण गरिएको बाँसद्धारा निर्मीत अस्थायी प्याराफिटमा यस वर्ष भने आठ हजार भन्दा वढि दर्शकहरु अटाउन सक्छन् ।