घण्टाघर । केराबारी–७ मोरङ निवासी प्रशान्त राईले धरान महिला फुटबल क्लबलाई सहयोग गरेका छन् । क्लबलाई ट्रयाकसुट खरिद गर्न ४० हजार रूपैयाँ सहयोग दिइएको उनले बताएका छन् । हाल कतारमा कार्यरत् राईले क्लबमा आवद्ध छोरी प्रिया राईको हातबाट रकम हस्तान्तरण गरेका थिए ।

प्रियाले सो रकम क्लबकी कोषाध्यक्ष प्रेमिषा तामाङलाई हस्तान्तरण गरेकी थिइन् । यसले क्लबलाई सहयोग पुगेको क्लबकी अध्यक्ष भगवती राना मगरले जानकारी दिइन् । क्लबले महिलाको लागि क्षमताका विकासका लागि प्रशिक्षण, प्रतियोगिता गराइरहेको उनले बताइन् ।