तेह्रथुम । म्याङलुङमा सम्पन्न अष्टमी गोल्डकपको उपाधी कुम्मायक स्पोटिङ क्वल पाँचथरले उचालेको छ । देवीरङ्गसालामा सोमबार सम्पन्न फाईनल खेलमा डाडाबजार बजार धनकुटालाई एकको बिरुद्ध दुई गोल गर्दै पाँचथरले उपाधीमा हक जमाएको हो । अत्यन्तै रोचक खेलको ३१ औ मिनेटमा पाँचथरका जर्सि नं.९ का दिनेश सेर्माले बिजयी गोलको सुरुवात गरेका थिए । लगत्तै धनकुटाका खेलाडी जर्सि नं. ९ कै रुपेश याख्खाले खेल सुरु भएको ३४ औ मिनेटमा जवाफी गोल फर्काउलै खेलाई बराबरीमा पु¥याए । कडा प्रतिस्पर्धाका साथ खैदान उत्रिएका दुई टिमका खेलाडी जितका लागी आत्तुर थिए । खेलको दोस्रो हापको दोस्रो नै मिनेटमा पाँचथरका खेलाडी जर्सि नं. ९ कै सेर्माले अर्को गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको समायवधीभर धनकुटाले गोल थप्न नसकेपछि सेर्माको गोल नै निर्णायक भएको थियो । श्रीकृष्ण जन्माष्टमीको अवशरमा आयोजना गरिएको खुल्ला पुरुष फुटबल प्रतियोगिताको बिजेता पाँचथरले नगद एक लाख ५० हजारको साथमा तिनबर्षे रनिङ सिल्ड कप मेडल प्रमाण पत्र हात पारेको छ भने उप बिजेतामा चित्त बुझाएको डाडाबजार धनकुटाले ७५ हजारको साथमा सिल्ड मेडल र प्रमाण पत्र प्राएको छ ।

खेलमा वेष्ट प्लेयर पाचथरका साईमन लिम्बु , वेष्ट डिफेन्स धनकुटाका प्रकाश भुलेल , हाईस्कोरर पाचथरका सन्तु लिम्बु र वेष्ठ किपरमा पाचथर कै छिरिङमा तामाङ घोषित भए ।

बिजेता र उप बिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई एक कार्यक्रमका बिच म्याङलुङ नगरपालिकाका प्रमुख सन्जय कुमार तुम्बाहाङफेले हस्तान्तरण गरे । एक हप्ता देखी म्याङलुङमा सन्चालित खेलकुदका साथमा रमाईलो मेला पनि समापन भएको आयोजक म्याङलुङ तम्फुला युवा क्लव अध्यक्ष प्रबिण मोतेले बताए । उनका अनुसार मेला अवधीभरमा ५० लाख बढिको कारोबार भएको छ ।