पथरी । पोखरामा सम्पन्न “तेश्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता” प्रथम उपाधि पथरीको प्रकास राईले चुम्दै मिस्टर बनेको छ । प्रतियोगितामा ८० केजी भन्दा माथिको प्रतियोगिहरुलाई उछिन्दै उपाधि चुमेको थियो । “तेश्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता” प्रथम हुन सफल भएपछि बुधबार पथरी फिटनेश क्लवले प्रकाश राईलाई सम्मान गरेको छ । पथरी फिटनेस क्लवका संचालक गणेश नेपालीको सभापतीत्वमा भएको सम्मान कार्यक्रममा वडा अध्यक्ष बाबुराम एङदेन र समाज सेवी धनकुमार तामाङले सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए । सम्मानीत राईले स्वास्थ रहन खेलकुद र ब्यायम अनिवार्य रहेकोले सबैलाई ब्यायमका साथै प्रतियोगितामा भाग लिन अनुरोध गरेका थिए । आफुलाई यस्तो सम्मान र पदकले गर्दा अझै हौसला बढेकोले आफु स्वास्थ रहन र आफ्नो ठाँउ, देशको नाम राख्न सकिने भएकाले पनि आफु बिदेशमा रहेर पनि दैनिक ब्यायम गरेकोले आज सो उपाधी पाउन सफल भएको उनले बताए । रोजगारको सिलसिलामा हाल मकाउ बस्दै राई १० दिनको छुटिमा सो प्रतियोगितामा भाग लिन आएका थिए । २०५५ देखी ५९ साल सम्म नेपालमा हुदा मिष्टर उर्लाबारी, (च्यामपेन) मिष्टर कोशी (तेस्रो) र मिष्टर पुर्वाञ्चलमा चौथो स्थान हात पारी सकेका छन । उनले ओपन सन २०११ मा मकाउमा तेस्रो, २०१४ मा हङकनमा नेपालको प्रतिनिधित्व गदै टप टेन, नेपालको धर्म श्रीमा दोस्रो भइसकेका छन् । राष्ट्रले कुनै चासो सपोट नदिएको कारण आफु बिदेशिनु परेको र खेलको नसाले आफु बिदेशमा रहेर पनि आफ्नो ठाँउ र देशको प्रतिनिधित्व गर्दै आफ्नौ लगानिमा प्रतियोगितामा भाग लिने गरेको राईको कथन छ । आफुलाई मकाउमा रहदा नेप्लीज बडि विल्डीङ एसोसेसनको सहयोगले बिभिन्न देशमा भएको प्रतियोगीलामा भाग लिने अवसर प्राप्त भएको उनले जनाए ।