धनकुटा । धनकुटाको पर्यटकिय स्थल साँगुरीगढी गाउँपालिका वडा नं.६ सिम्सुवामा रहेको नमस्ते झरनामा घुम्न आउँदा ढुङ्गा झरेर मृत्यु भएका इटहरीका विक्रम तामाङको परिवारलाई जिल्ला समन्वय समिति धनकुटाले १ लाख रुपयाँ  सहयोग गरेको छ । गएको असार १ गते इटहरी उप–महानगरपालिका वडा नं.६ घर भएका विक्रम तामाङ परिवारसँग झरना घुम्न आउँदा अचानक ढुङ्गा झरेर घाईते भएका थिए । घाईते तामाङको उपचारको क्रममा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

मृतक तामाङकी श्रीमती रुजा तामाङलाई बुधवार जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंङकवहादुर चौहानले १ लाख रुपयाँको चेक प्रदान गरेका छन् । उनले पिडित परिवारलाई थोरै भए पनि आर्थिक सहयोग पुगोस भन्नाको खातिर जिल्ला समन्वय समिति, धनकुटाले १ लाख रुपयाँ सहयाेग गरेको बताए । मृतक तामाङकी श्रीमती रुजा तामाङले भने आफ्नो परिवारमा श्रम गरेर परिवारको जिविकाेपार्जनमा सहयोग गर्ने श्रीमान गुमेपछि वेसाहारा भएको भन्दै थप सहयोगकालागी जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंङ्गकबहादुर चौहानसंग याचना गरेकी छन् । उता नमस्ते झरना व्यावस्थापन समितिका सदस्य अग्नी लिम्बूले ढुङ्गा झरेर इटहरीका विक्रम तामाङको मृत्यु भएसंगै झरना व्यावस्थापन समिति गम्भिर भएर अबको दिनमा त्यस्तो अकल्पनिय घट्ना हुन नदिन सचेत भएर काम गरिहेको वताए । उनले घट्नामा परि मृत्यु भएका विक्रम तामाङका परिवारलाई क्रियाखर्च वापत तत्काल १ लाख रुपयाँ व्यावस्थापन समितिले उपलव्ध गराएको वताए । साथै, मृतक तामाङकी छोरी लिटिल फ्लावर बोर्डिङ्ग स्कुल इटहरीमा कक्षा–३ मा अध्ययरत रेविका तामाङलाई निःशुल्क पठन पाठनको लागी पहल भैरहेको सदस्य लिम्वुले वताए । उनले बालिकाको भविश्यलाई सम्झेर झरना व्यावस्थापन समितिले १ लाख, साँगरीगढी गाउँपालिकाले ७५ हजार रुपयाँ संकलन गरि सकेको वताएका छन् । साथै, बालिकाको भविश्यलाई सहयोग पुगोस भन्ने उदेश्यका साथ सिम्सुवा गोलाईमा होटल संचालन गरिहेको होटल संचालकहरुबाट पनि आर्थिक सहयोग संकलन गरेर दिने निर्णय भएको लिम्वुले ब्लाष्टलाई वताएका छन् ।