मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी प्रसाद आचार्यले जनताको सेवा नै निजामती कर्मचारी र जनप्रतिनिधीहरुको पहिलो प्राथमिकता हुनु पर्ने बताएका छन ।

आज बिहिबार निजामति सेवा दिवसको अवसरमाा मिक्लाजुङ गाउँपालिका कर्मचारी परिवारले आयोजान गरेको निजामती सेवा दिवसको अवसरमा आयोजीत कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै आचार्यले सो कुरा बताएका हुन । नतिजामुखी प्रशासन समृद्धी र सुशान भन्ने मुल नाराका सथा १५औं निजामती सेवा दिवस मिक्लाजुङका कर्मचारीहरुले प्रभातफेरी सहिति र्याली र बिभिन्न कार्यक्रमहरुको आयोजान गरी मनाएका छन ।

कार्यक्रममा मिक्लाजुङ गाउँपालिका क्षेत्रमा कार्यरत निजामती कर्मचारीहरु, जनप्रतिनिधीहरु, राजनैतिक दलका प्रतिनिधी, र संञ्चारीकर्मी सम्मीलीत प्रभातफेरी सहितको र्याली मधुमल्ला बजार परिक्रमा गरी गाउँपालिकामा पुगेर कार्यक्रममा बदलिएको थियो । कार्यक्रममा निजामती सेवा दिवसको महत्व र औचित्य माथि मिक्लाजुङ गाउँपालिका प्रमुख प्रशाकिय अधिकृत युवराज आचार्यले प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रममा बोल्दै बिशिष्ठ अतिथी गाउँपालिका उपप्रमुख सरलाई राईले कर्मचारीहरुको उत्साहपुर्ण सहयोगका कारण सेवा ग्राहीरुको काम गर्न धेरै सहज भएको र थप सहयोगको अपेक्षा व्याक्त गर्नु भयो । प्रभात फेरी संगै महिला कर्मचारी र जनप्रतिनिधीहरुका लागि म्युजिकल चियर्स र पुरुष कर्मचारी र जनप्रतिनिधीहरुका लागि हाँडीफोर कार्यक्रमको आयोजना गरिएको थियो ।

म्युजीकल चियर्स कार्यक्रममा पवित्रा आचार्य प्रथम, सुस्मिता लावती द्धितिय र मुना बोहाराले तृतिय स्थान हाँसिल गरे । त्यस्तै हाँडीफोर तर्फ हुलाक कर्मचारी फडिन्द्र ढुङ्गानाले हाँडी फोरी प्रथम स्थान हाँसिल गर्नु भयो । म्युचिकल चियर्समा प्रथम द्धितिय र तृतिय र हाँडी फोरमा प्रथम स्थान हाँसिल गर्नेलाई पुरस्कार र प्रमाण पत्र बितरण गरएिको थियो ।

कार्यक्रमकोे संचालन मिक्लाजुङ गाउँपालिका शिक्षा शाखा अधिकृत काँशिनाथ खनालले संचालन गुर्नु भएको कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत युवराज आचार्यको सभापतिन्वमा सम्पन्न भएको थियो ।