ताप्लेजुङ । ताप्लेजुङका प्रहरी प्रमुख प्रमुख, प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले आफ्नो कार्यकालभर शान्ति सुरक्षाका बिषयमा प्रश्न नउठ्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफुले सम्पादन गरेका राम्रा कामको सम्मान गर्न र नराम्रा बिषयलाई सुधार हुनेगरी सुझाव दिन समेत आग्रह गरेका छन् ।
ताप्लेजुङको प्रहरी प्रमुख भएर आएको भोलिपल्ट आईतबार ताप्लेजुङका सञ्चारकर्मीसंगको भेटमा प्रनाउ थापाले आफुले बिशेष कार्ययोजनाका साथ शान्ति सुरक्षामा नियन्त्रण कायम गर्ने बताए । “म ठूलै चमत्कार नै ल्याउँछु त भन्दिन तर, शान्ति सुरक्षाका बिषयमा कसैसंग मेरो सम्झौता सवाल हुदैन” प्रनाउ थापाले भने उनले फुङ्लिङ बजार भित्रका सडकमा तीव्र गतिका सवारी साधनको अनियन्त्रित गति रोक्न,लागु औषध उपयोग र कारोवार नियन्त्रण गर्न, साँझको समय देखि राती अबेर सम्म सदरमुकाम क्षेत्रमा हुने मादक पर्दाथको सेवन तथा होहल्ला र अपराधिक गतिबिधि नियन्त्रण गर्न कार्ययोजना बनाउने तयारी गरेको थापाले संकेत गरेका छन् ।
खैरो हिरोईन सहितका लागुऔषध प्रयोगकर्ताको जालो तोड्ने क्रममा बिगतमा भएका प्रयासलाई निरन्तरता दिदै थप निगारानी र कडाई गर्ने थापाको योजना छ । उनले सदरमुकाम क्षेत्रमा हुने सम्भावित अपराधिक गतिविधि नियन्त्रणका लागि बिशेष सुरक्षा कार्ययोजना बनाई गस्ती टोली बढाउने तयारी गरिरहेको जनाएका छन् ।
प्रहरीबाट दिईने सूचना प्रणाली व्यवस्थापन गर्न र सूचना अधिकारीको व्यवस्था गरी दिन मिल्ने सूचना तत्कालिन सञ्चारकर्मी माझ पुग्ने व्यवस्थाका लागि जिल्ला प्रहरी कार्यालयले तयारी गरिसकेको थापाले बताए । फुङ्लिङ नगर क्षेत्रमा जडित सीसी क्यामराको मर्मत सम्भार तथा नियमित सञ्चालन गराई यसैका माध्यमबाट नगरका अधिकाँस भागमा निगरानी बढाउने र तुरुन्त प्रहर प्रतिक्रिया जनाउने व्यवस्थाका लागि सर्बपक्षिय छलफलको तयारी गरिएको समेत उनले जानकारी दिए ।
फुङलिङ नगरक्षेत्रमा जोडिएका १३ वटा सीसी क्यामेरा मध्ये अहिले ८ वटा सञ्चालनमा छन् भने बाँकीको मर्मत आवश्यक रहेको उनको भनाई रहेको छ ।
अत्यधिक मात्रामा हुने मादक पर्दाथको सेवन तथा त्यसको आबेशबाट हुने तात्कालिक अपराधिक घटनाको चुनौती चिर्न प्रहरीले सचेतना अभिबृद्धि र एक्सन दुबै उपयोग गर्ने प्रनाउ थापाको तयारी छ । तीव्र गतिका सवारीबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि उनले सवारी साधन सञ्चालनमा नियमग गर्ने जनाएका छन् ।
बजार क्षेत्र र बढी मानवीय चाँप रहेका क्षेत्रमा गुड्ने सवारीको गतिसीमा निर्धारण गर्ने समेत थापालेल बताए । तीर्थालुका लागि पाथीभराको समय सुरु भएकोले यो समयमा हुने यातायातको अव्यवस्थापन हटाउन उनले सुरक्षा समितिको बैठकमा बिशेष योजना बन्ने संकेत गरेका छन् । यसका लागि हेल्प डेक्स स्थापना देखि सवारी पार्किङ क्षेत्र समेतको व्यवस्थापन गर्नुपर्ने थापाले बताए । सीमाक्षेत्रबाट हुने चोरी निकासी नियन्त्रणका लागि समेत बलियो निगरानी बढाउने थापाले जनाउ दिए ।