बिर्तामोड । आगामी भदौ ३० गतेदेखि असोज ६ गतेसम्म झापाको सुरुङ्गामा प्रथम अन्तरप्रदेश नक आउट क्रिकेट प्रतियोगिता हुने भएको छ ।
स्थानीय कनकाई माविको खेल मैदानमा हुने प्रतियोगिता स्थानीय सचेत युवाक्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुक्त आयोजनामा हुने पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । प्रतियोगितामा आयोजक टिम सहित , विर्तामोड , विराटनगर , मकवानपुर , दाङ , उदयपुर , भैरहबा ,र पूर्वाञ्चल क्रिकेट क्लव विराटनगरका टिमले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष निमेश ओलीले बताए ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद ५१ ह्जार र ३१ ह्जार पाउने छन् भने हरेक दिन उत्कृष्ट खेलाडीलाई २ हजार रुपैँयाँको पुरस्कार स्थानीय समाजसेवी प्रविण तिम्सिनाले दिने समेत कार्यक्रममा जानकारी गराइएको थियो ।
फाइनलमा विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजारका दरले पुरस्कार दिने निर्णय भएको खेल संयोजक प्रदिप गजमेरले बताए । प्रतियोगिता संचालनका लागि ६लाख रुपैँयाँ लाग्ने र कनकाई नगरपालिकाको मुख्य सहयोग रहने यसैगरी रुद्र गौरी अम्बिका ओली प्रतिष्ठान र टिभिएस मोटरसाइकलबाट प्रथम र द्धितिय पुरस्कार सौजन्य हुने आयोजकले बताएको छ । प्रतियोगिता संचालनका लागि विभिन्न उप समिति समेत निर्माण गरिएको छ । प्रतियोगिताले पुर्व क्षेत्रको क्रिकेट खेललाई मद्धत पुग्ने प्रचार समितिका संयोजक लीलाराज झापालीले बताए । केहि स्पोन्सरहरुले लगानीको लागि कुरा भइरहेकोले समेत पुरस्कार राशीमा केहि बृद्धि हुन सक्ने आयोजक समितिका हरि कार्कीले बताए । पत्रकार सम्मेलन कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष राम निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । क्लवका सचिव मनोज बस्नेतले कार्यक्रमको सञ्चालन गरेका थिए ।