पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको १ नम्बर वडा कार्यालय भाडामा सञ्चालन भएको छ । वडा कार्यालयको भवन जीर्ण भएपछि स्थानीयको घरबाट सेवा प्रबाह गर्न थालेको हो । लामो समयदेखि जीर्ण भएको कार्यालयबाट जोखिम मोलेर सेवा प्रबाह गर्दै आएका कर्मचारीहरु असुरक्षित हुने भएपछि कार्यालयको सेवा प्रबाह अन्य स्थानबाट सुरु गरिएको वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । २०९० सालदेखिको भुकम्पले थला परेको कार्यालय छिया–छिया भएको छ, त्यस्तो कार्यालयबाट सेवाग्रहीको काम काज गर्न असहज भएपछि वडाको सेवा अन्य स्थानबाट गरिएको हो लावतीले भने । यस अघि जीर्ण भएको भवनबाट सेवाग्राहीहरुको काम गर्दै आएको कार्यालयले कर्मचारी र सेवाग्राहीको सुरक्षालाई ध्यानमा राख्दै स्थानीयको घरमा कार्यालय सारी सेवा प्रबाह गरिएको कार्यालयले जनाएको छ । २ वटा कोठा ४ हजारको दरले भाडामा लिएर कार्यालयको काम काज गर्दै आएको छ ।