ओखलढुङा । ओखलढुङा जिल्लाको खिजिदेम्बा गाउँपालिका-८ बस्ने अन्दाजी ३८ वर्षीय हित बहादुर विश्वकर्माले मंगलबार बिहान आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

खुकुरी प्रहारबाट वर्ष ३६ की गीता माया विश्वकर्मा घाइते भएकी छिन् ।

गीतालाई मंगलबार बिहान ४ बजे घरमा सुती रहेको अवस्थामा हितबहादुरले भूत आयो भन्दै खुकुरीले टाउको, ढाड र पातोमा प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका गीता विश्वकर्मालाई उपचारका लागि हेलिकप्टरद्वारा काठमाण्डौ पठाईएको छ भने खुकुरी प्रहारमा संलग्न व्यक्तिलाई ईलाका प्रहरी कार्यालय खिजिफलाँटेले नियन्त्रणमा लिएको छ ।