काठमाडौं । नेपाल अायल निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि गरेकाे छ । पटक पटक मूल्य वृद्धि हुँदा यस अघि ग्यासकाे मूल्य बढेकाे थिएन तर यसपटक ग्यास सिलिण्डरकाे मूल्य समेत बढेकाे छ । खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गरिएको छ र नयाँ मूल्य बिहीबार मध्यरातिदेखि नै लागु भएको छ ।

नयाँ मूल्य अनुसार एक लिटर पेट्रोलको मूल्य ११२ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टितेललाई ९८-९८ रुपैयाँ तिर्नुपर्ने भएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १४ सय रुपैयाँ पुगेको छ ।

गोइतले भने- पछिल्लो १५/२० दिनमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाल र भारतीय मुद्रा अवमूल्यन भएको र सोही अनुसार भारतीय आयल निगमबाट १ सेप्टेम्बरमा प्राप्त मूल्य बढेर आएकाले मूल्य विश्लेषण गरी समायोजन गरिएको हो ।