सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाबाट आर्थिक वर्ष २०७४/०७५ मा ६ हजार ९ सय १३ राहदानी र १४ हजार १ सय ७७ नयाँ नागरिकता वितरण भएको प्रशासकीय अधिकृत तथा सुचना अधिकारी जयचन्द्र साहले बताएका छन् ।

साहका अनुसार गत आर्थिक वर्ष ०७४/०७५ मा वंशज नागरिकता १३ हजार ६ सय ५०, वैवाहिक अंगीकृत नागरिकता ५ सय २७ र नागरिकताको प्रतिलिपि ३ हजार ९ सय ५५ जनाले लिएका छन् । प्रशासकीय अधिकृत तथा सुचना अधिकारी साहका अनुसार जिल्ला प्रशासन कार्यालय सिरहाबाटै ६ हजार ९ सय १३ जनाले राहदानी लिएका छन् ।

त्यसमध्ये ६ हजार ७ सय ७४ पुरुष र एक सय ३९ महिलाले राहदानी लिएका छन् । साथै गत आर्थिक वर्ष ०७४ /०७५ सम्ममा १,११९ विभिन्न संघसंस्थाहरु दर्ता भएको प्रशासकीय अधिकृत तथा सुचना अधिकारी साहले बताएका छन् ।

लहान नगरपालिक, सिरहा नगरपालिक, धनगढीमाई नगरपालिक, गोलबजार नगरपालिक, मिर्चैया नगरपालिक, कल्याणपुर नगरपालिक, कर्जन्हा नगरपालिक, सुखीपुर नगरपालिक र भगवानपुर गाउँपालिका, औहरी गाउँपालिका, विष्णुपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नरहा गाउँपालिका, सखुवानान्कारकट्टी गाउँपालिका, अर्नमा गाउँपालिका, नवराजपुर गाउँपालिका गरी जम्मा  ८ नगरपालिक, ९ गाँउपालिका र १७ ओटा स्थानीय तह रहेकाे सिरहा जिल्लामा १६४ वडा संख्यामा ६,३६,३५९ जनसंख्या रहेका छन ।