सुन्दरहरैचाका मेयरलाई विद्यार्थीको प्रश्न,एक बर्षमा के के गर्नु भयो ?
धरान /सुन्दर हरैचा नगरपालिकाका मेयरलाई स्थानीय एक बिद्यालयकी छात्राले हाल सम्म गरेको कार्य र अबको चार बर्षमा के कार्यबारे सार्वजनिक रुपमा प्रश्न गरेकी छिन् । सुकुना माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यनरत छात्रा प्रशुना भट्टराईले सुन्दरहरैचा नगरपालिकाको नगर प्रमुख भएपछि गरेका कार्य र अबको चार बर्षमा गर्ने कार्यको योजना उपलब्ध गराउन अनुरोध गरेकी छिन् ।
उनले ब्लाष्टखबर मार्फत नगर प्रमुख शिवप्रसाद ढकाललाई पत्र लेख्दै नगरको भौतिक ,सामाजिक तथा आर्थिक बिकासमा भई रहेका कार्य र अब हुने कार्यको जानकारी लिन खोजेको जनाएकी छिन् ।नगर प्रमुख ढकालले नगरले गरेका हरेक कार्य र बनाएका योजना नगरबासीहरुलाई जानकारी दिईने बताएका छन् । उनले नगरमा भएका र हुन लागेका कार्यका बारेमा चासो राख्नु र जिज्ञासा राख्नु सकारात्मक कुरा भएको बताए ।
प्रशुनाले मेयर ढकाललाइ लेखेकाे पत्र
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































