भद्रपुर । झापा भद्रपुर नगरपालिका ३ पृथ्वीनगरका बिकेन लिम्बूसहितको समूहले शुक्रबार बिहान भद्रपुरमा अर्धनग्न विरोध प्रदर्शन गरेका छन् । काठमाडौ सिंहदरबारअगाडि नाङ्गो विरोध प्रदर्शन गरी देशभर चर्चित बनेका लिम्बूले भद्रपुर नगरपालिका कार्यालयले करको बजेटबाट तीज कार्यक्रम गर्न लागेको भन्दै लिम्बूसहित दुई दर्जन बढी युवाले अर्धनग्न विरोध प्रर्दशन गरेका हुन् ।

लिम्बू नेतृत्व चेतनशील युवा समूहका युवाहरुले भद्रपुर बसपार्कबाट अर्थनग्न विरोध र्यालीसहित भद्रपुर बजार परिक्रममा गर्दै नगरपालिकाअगाडि पुगेर विरोध प्रदर्शशन गरेका थिए । युवाहरुले अर्धनग्न विरोध प्रदर्शन गरेपछि प्रहरीले भद्रपुर नगरपालिका अगाडि पुग्नुअघि नै बाटोमा रोकेको थियो । युवाहरुले भद्रपुर नगरपालिका र प्रहरीविरुद्ध चर्को नारावाजी गरेका थिए । शान्तिपूर्ण प्रदर्शन गर्न भन्दै नगरपालिका अगाडि जान अनुमति दिएको थियो । करिब एक घण्टा गरेको विरोध प्रदर्शनका नेतृत्व गरेका लिम्बूले नगरपालिकाले शुक्रबार जनताको करबाट तिजको दर खुवाउने कार्यक्रम गर्न लागेको भन्दै विभिन्न मिडियामा समाचार आएकोले त्यसको विरोधस्वरुप प्रदर्शन गरेको बताए ।

तीज जस्तै अन्य धर्महरुको पर्व पनि नगरपालिकाले मनाउनुपर्ने भन्दै उनले सबै धर्म एक हो, सबै धर्मलाई सम्मान गर्नुपर्ने उल्लेख गरे ।  प्रर्दशनपछि प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्रकुमार बस्नेतले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठसँगको सहकार्यमा युवाहरुसँग छलफलका लागि सहजिकरण मिलाइदिएका थिए ।

नगरपालिकाले एउटा जाति विशेष कुनै पनि कार्यक्रम नगर्दै आइरहेको नगर प्रमुख श्रेष्ठले बताए । नगरपालिकाले आयोजना गरेको तीज कार्यक्रममा दर मात्रै नभई, महिलामाथि हुने यौनजन्य हिंसा, बालमैत्री स्थानीय शासन तथा खुल्ला दिसामुक्त अभियानका नाटक, प्रत्येक वडाका ज्येष्ठ आमालाई अभिनन्दन लगायतका कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

नगर भित्रका विभिन्न जातजाति, भाषाभुषा, धर्मसंस्कृतिको जगेर्ना गर्ने उदेश्यले प्रत्येक शिर्षकमा बजेट छुटाइ कार्यक्रम गर्दै आइरहेका उनले जानकारी दिए ।

https://www.youtube.com/watch?v=12lPrrDY_JY&feature=youtu.be

बिरोधलाइ चुनौती दिदै नगरपालिकाले भव्यरुपमा तीज मनायो

नगरले भद्रपुरको सीटी गार्डेनमा शुक्रबार भव्य कार्यक्रम गरी तीज मनाएको छ । विभिन्न सामाजिक बीकृति बिसङ्गतीमा आधारित मानेर तीज मनाएको हो । कार्यक्रममा खुला दिसामुक्त, महिला तथा घरेलु हिंसा, बालमैत्री स्थानीय शासन, नेपाली परम्परा र सांस्कृतिक नाचगान, सङ्गीनी लगायतका नाटक तथा नृत्य पर्दशन गरिएको थियो । नगरले प्रत्येक वाडबाट जेष्ठ आमाको अभिनन्दन समेत गरेको थियो । अन्दाजी ५ सयभन्दा बढी नगरका नारीहरुले दर खाएका थिए ।

करको बजेटबाट दर खुवाउने कार्यक्रम नगर्न नेपाली काङ्ग्रेस महिला समितिले केही दिन अघि उपप्रमुख चन्द्रमाया श्रेष्ठलाइ ज्ञापन पत्र बुझाएका थिए । नगरले आयोजना गरेको कार्यक्रमको सर्वत्र बिरोध भएको थियो ।