इटहरी / लामो समयदेखि सुनसरीमै सकृय लोकतन्त्र र न्यायका लागि आमा समुह सुनसरीले शुत्रबार तरहरामा तीज विशेष कार्यक्रम गरेको छ । महिलामाथि हुने आपराधिक क्रियाकलाप रोक्नका लागि सकारात्मक सन्देश दिनु पर्ने भन्दै महिला अधिकार कार्यन्वयनमा ल्याउँनु पर्ने अधिकांश वक्ताहरुले बताएका थिए । महिलामाथि हुने जुनसुकै अपराध वा विभेद आफैमा उचित नभएकाले त्यसमा सुधार ल्याउनका लागि राज्यले समेत ठोस नीति लिन जरुरी रहेको आमा समुहकी संस्थापक अध्यक्ष तथा महिला अधिकारकर्मी कमला खड्काले बताईन् । राज्यले महिला अधिकारको कुरा मात्र गरे पनि कार्यन्वयन पक्ष फितलो भएको उनको भनाई थियो ।
इटहरी उपमहानगरपालिकाका उममेयर लक्ष्मी गौतमले तीजलाई तडकभडक नबनाई मनाउँनु पर्ने बताईन् । तीज कार्यक्रमलाई सामाजिक बनाउँन समेत उनको आग्रह थियो । महिला अधिकार र न्यायको पक्षमा आफुहरु लागि परिहेको उपमेयर गौतमको भनाई थियो । तीज कार्यक्रममा लामो समयदेखि महिला हिँसा वा विभेद विरुद्ध कलम चलाउँदै महिलामाथि हुने कुरिति विरुद्ध आवाज उठाउँदै आएको भन्दै भएका अग्रज पत्रकारहरु याम प्रधान, नेपाल टेलिभिजनका कृष्ण भट्टराई ,सप्तकोशी एफएफका समाचार सम्पादक लिलाराज भट्टराई र ब्लाष्ट टाईम्सका धनबहादुर पुरीलाई सम्मान गरिएको छ । लोकतन्त्र र न्यायका लागि आमा समुह सुनसरीकी अध्यक्ष कमलकुमारी राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा,याम प्रधान, राजकुमार राई ,सञ्जिव खड्का, सूर्यकुमार राई ,कमला खड्का, बसन्तकुमार श्रेष्ठ, टिकाबहादुर बन तथा तरहराका अगुवाहरुले महिला हिँसा विरुद्ध शसक्त हुन आ आफ्नो धारणा राखेका थिए ।
लोकतन्त्र र न्यायका लागि आमा समुहले तीज विशेष समारोहमा उपस्थित सम्पूर्ण महिला दिदी बहिनीहरुलाई तीज पर्वको अवसरमा मिठो परिकार खुवाएर नेपाली परम्परालाई जीवन्तता प्रदान गरिएको थियो । महिला अधिकारको विषयमा लामो समय देखि सक्रिय उक्त आमा समुहले तरहरा तथा आसपासका महिलाहरुलाई बर्षेनी दर खुवाउँदै आएको छ ।