मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७, मधुमल्लामा अवस्थित मावा नुनसरी सामुदायिक वनकाे उपभोत्ता समुहले आफ्ना महिला उपभोक्ताहरुलाई लक्षित गरेर हरितालिका तिज बिसेस कार्यक्रम सम्पन्न गरेको छ ।

आज शुक्रबार मावानुनसरीको सभाहल परिसरमा भएको कार्यक्रममा आमा तथा दिदिबहिनीहरुले एक दर्जन बढी तिजका गितहरुमा छमछमी नाचेर हरितालिका तिज मनाए । उक्त कार्यक्रमा उतकृष्ठ नृत्य प्रस्तुत गर्नेहरुलाई प्रोत्साहन स्वरुप समान्य पुरस्कारले सम्मान गरएिको सामुदायिक वनका सचिब दिपेन थापाले बताए ।

कार्यक्रमा प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष सोमनाथ अधिरीले चेलीमाइती बिचको मेलमिलाप गराउने तिज पर्बको आफ्नो छुट्टै प्रकारको महत्व भएकाले यसलाई निरन्तर रुपमा संचालन गर्दै सबै प्रकारका धर्म संकृती र परम्पराहरुलाई निरन्तराता दिनु पर्ने बताउनु भयो । कार्यक्रमलाई बोल्दै सा.का. सल्लाहाकारहरु प्रवेश कुवंर, रामचन्द्र थापा मगर, राजेन्द्र प्रसाद घिमिरेले तिज बिषेश कार्यक्रम राख्नु उपयोगी भएकाले यस प्रकारका कार्यक्रहरुलाई निरन्तरता दिदै जान सुझाब दिनु भयो ।

कार्यक्रमको संचालन सहलेखापाल टिना गुरुङले गरेकी थिइन । कार्यक्रममा समुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बिष्णु प्रसाद गुरागाईको सभापतित्वमा सम्पन्न भएको थियो ।