इटहरी । नेपाल दशनामी समाज ६ नम्बर क्षेत्र इटहरी १९ शनिबार पाँचौ साधरणसभा तथा तीज बिषेश कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा दशनामी समाजका चेलीबेटीलाई दर खुवाउँनुको साथै  बृद्ध,बृद्धा तथा विद्यार्थीहरुलाई समेत सम्मान गरीएको थियो ।

सामुदायिक विद्यालयबाट एसइइमा उत्कृष्ट अंक ल्याउँने अनुज पुरी र निजि स्कुलबाट विवेक बनलाई सम्मानीत गरीएको थियो । दशनामी समाजलाई आर्थिक सहयोग गर्ने दशनामी तथा गैरदशनामी गरी ३४ जनालाई सम्मान गरीएको दशनामी समाज ६ नम्बर क्षेत्रका सचिब खिरीदेव पुरीले जनाए । ५ जना जेष्ठ नागरीकलाई समेत सम्मान गरीएको थियो ।

दशनामी समाजको ६ नम्बर क्षेत्रका सभापति खेम भारतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल दशनामी समाजका सुनसरी अध्यक्ष टिकाबहादुर बन रहेका थिए । कार्यक्रममा दुर्गाप्रसाद पौडेल,नौमती राई, टिकाबहादुर बन ,डिल्ली पुरी,टेकबहादुर पुरी लगायतले कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा महिला दिदि बहिनिहरुलाई खिर तथा मिष्ठान्न भोजन समेत गराईएको थियो । पछिल्लो समयमा तीज भड्किलो बन्दै गएको भन्दै तीजलाई रमाईलोको रुपमा मनाउँन कार्यक्रम गरेको दशनामी समाजको भनाई छ ।

त्यस्तै शुत्रबार ग्रामीण महिला स शक्तिकरण समुह इटहरी १९ को आयोजनामा भएको तीज विशेष कार्यक्रम सुनसरी क्षेत्र नम्बर २ का सासंद सिताराम मेहता प्रदेश नम्बर एककी सासंद नबोदिता चौधरीको विशेष आथित्यतामा मनाईएको नेपाली काग्रेसका नेता दुर्गाप्रसाद पौडेलले बताए ।