बिर्तामोड । वाइसियल नेपाल तथा युवा संघको महिला बिभागले शनिबार झापाको अर्जुनधाराको अपाङ्ग बालआश्रममा रहेका बालबालिकाहरुसँग तिज मनाएको छ ।
नेपाली हिन्दुहरुको महान चाड हरितालिका तिजको अवसरमा दुवै पार्टीको भातृ संगठन (महिला बिभाग) ले अर्जुनधारा ६ मा रहेको अपाङ्ग बाल आश्रममा तिज मनाएका हुन् । शहरमा ठुलो खर्च गरेर भड्किलो तिज मनाउनुको साटो अपाङग बालबालिकासँग तिज मनाएको युवा संघ झापाको महिला बिभाग प्रमुख निरु आचार्यले बताइन् ।
बालआश्रममा रहेका १६ जना बालबालिकासँग सामुहिक दर खाएको वाइसियल झापाको महिला बिभाग प्रमुख कल्पना मुखियाले बताइन् । उनले आश्रम सञ्चालनका लागि आफुहरुले संकलन गरेको २५ हजार रुपैंयाँ नगद पनि प्रदान गरेको जानकारी दिइन् ।
कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य पर्वत भण्डारी, वाइसियल झापाका उपाध्यक्ष कुमार आचार्य लगायतको उपस्थिती रहेको थियो ।