पानवारी। सेउती खोलाबाट अवैध रुपमा ढुंगा तथा बालुवा निकालिरहेको अवस्थामा प्रहरीले सात वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । धरान–इटहरी सडक खण्डको सेउतीपुल भन्दा उत्तरपट्टि खोलाबाट ढुंगा निकालेर लोड गरिसकेको चार वटा र आधा लोड भएको एउटा ट्याक्टरलाई प्रहरीले शुक्रबार राति ३ बजे नियन्त्रणमा लिएको हो । नियन्त्रण भएका ट्याक्टरहरुमा को २ त ८२२१, को १ त ५४१२, को १ त ७१२२, मे १ त ७६८ र को १ त ५९८१ नं. का ट्याक्टर रहेका छन् । त्यस्तै शनिबार विहान ३ बजेतिर बालुवा लोड गर्दै गरेको अवस्थामा को २ त ४४२ र मे १ त ३६६२ नं. को ट्याक्टरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन् ।