भद्रपुर । नेपालको सवैभन्दा होचो झापाको कचनकवल गाउँपालिकाको दोस्रो गाउँसभामा परिषद सदस्यबीच कुटाकुटहुदाँ एक न्यायिक सदस्य घाइते भएकी छन् भने उद्घाटनसँगै सभा स्थगित भएको छ । गाउँपालिका अध्यक्ष अन्जार आलमले उद्घाटन भएको घोषणा गर्ने वित्तीकै असन्तुष्ट पक्षले माइक्रोफोन खोसेर टेवुल फुटाउदा परिषद सदस्य समेत रहेकी लक्ष्मी देवी लिम्बू घाइते भएकी हुन् । उनलाइ कन्चटमा चोट लागेको छ । कुटकुटपछि आइतबार विहान ८ बजेसम्मलाइ सभा स्तगन भएको अध्यक्षले घोषणा गरेका थिए । गाउँपालिका अध्यक्षले एकलौटी रुपमा बजेट बनाएर पारित गर्न लागेको भन्दै विपक्षमा रहेका नेपाली काङ्ग्रेस, नेकपाले कार्यक्रम स्थल बाहिर जवरजस्ती गर्न पाइदैन, गाउँसभा बन्द गर,जनताको मागलाइ पूरा गर लगायतका नाराबाजी गरिरहेका थिए । गाउँपालिकाले सभाको प्रमुख आतिथ्यका लागि तात्कालिन एमाले ,राप्रपा र माओवादीको गठबन्धनबाट क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य एमालेका वसन्त वानियाँलाइ निमन्त्रणा गरेको थियो । विहान १० बजे हुने भनिएको कार्यक्रममा पदर्शनकारीले वानीयाँलाइ कार्यक्रम स्थल भित्र जान रोकेका थिए । उल्लेखीयमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको कार्यक्रम स्थलमा विरोधका बावजुद दिउँसो २ वजे गाउँपालिका अध्यक्ष आलमले उद्घाटन भएको घोषणा गरेपछि सो क्षेत्रले उग्ररुप लिएको थियो । विरोधमा उत्रिएकालाइ सम्बोधन गर्नु पर्ने नत्र घेरेर राख्ने विराधीहरुले जनाएपछि अध्यक्षले स्थगन भएको जानकारी दिए पनि जवाफ चित्तबुझ्दो नभएको भन्दै जनताले घेराहालेपछि कडा सुरक्षाकाबीच अध्यक्ष आलम,उपाध्यक्ष निमसरी राजवंशी लगायत राप्रपाबाट निर्वाचित जनप्रतिनिधिलाइ प्रहरीले सुरक्षा घेरा हालेर लगेको थियो । गाउँपालिकामा ३८ जनामध्ये २४ जना पक्षमा रहेकोले वहुमत देखिएको छ ।
गाउँपालिका सार्न लागेको भन्दै विरोध वनियानी बजारबाट गाउँपालिका सार्न लागेको भन्दै उनिहरुले रोक्न विरोध गरेको जनाएका छन् । असन्तुष्ट पक्षले सभा स्थगन गर्नुपर्ने भन्दै वनियानी चोकमा टायर वालेर कार्यक्रममा अवरोध जनाएका थिए । बजारमा रहेको गाउँपालिकालाइ अध्यक्ष लगायतले साविकको वालुवाडी गाविस हाल कचनकवल–७ मा शुसिल अग्रवालले दिएको १५ कठा जग्गामा गाउँपालिका लैजान लागेकोमा विरोध जनाएको वडा नम्बर १ का सदस्य उमाशङ्कर गणेशले बताए । एकलौटी रुपमा जुनसुकै निर्णय अध्यक्षले गर्ने गरेकोले अन्य सदस्यको कुनै काम नभएको उनले जनाए । गाउँपालिकाले ठुला योजनामा सम्बन्धित वडा अध्यक्षलाइ समेत जानकारी नगराइ उपभोक्ता समिति नै गठन नगरी काम गरेको ४ नम्बर वडा सदस्य आयुव मियाले आरोप लगाए । विभेदपूर्ण तवरले बजेट विनियोजन गराएको र गत वर्षको खर्च भएको केही जानकारी नपाएको उनिहरुको भनाइ छ । सवै प्रक्रिया पूरा गरेर जग्गा निशुल्क पाएको उपाध्यक्ष निमसरी राजवंशीले जनाइन् । तोकिएको क्षेत्रभित्र दिने दाताले जति दिएपनि गाउँपालिकाले लिने र उचित स्थानमा कार्यालय स्थापना गर्ने उनको भनाइ छ ।
https://www.youtube.com/watch?v=l5yqmDFMtZo