धनकुटा । तिजको अवसरमा पुजा गर्न विश्रान्ति मन्दिरमाआएकी धरान विजयपुरकी एक महिला शनिवार तमोरमा डुवेर मृत्यु भएको छ । धरान उपमहानगरपालिका वडा नं.१४ विजयपुर घर भएकीवर्ष ५५ वर्षिय भिमाकुमारी भट्टराईको पुजा गर्न अघि नुहाउन तमोरमा जाँदा नदीले वगाएर मृत्यु भएको शसस्त्र प्रहरी बल मुलघाटले ब्लाष्टलाई जानकारी दिएको छ ।
शसस्त्र प्रहरीका अनुसार घट्ना लगत्तै शसस्त्र प्रहरीको टोली रेस्क्यू गर्न नदीमा पुगेकाे भएपनि अत्याधिक पानीको वहावको कारण तत्काल उद्धार गर्न नसकिएको वताएकाे छ । तमोरले बगाएकी भट्टराईलाई मुलघाटको पुलदेखी झण्डै २ किलोमिटर टाढा छिम्सुवाटारमा मात्र प्रहरीले रेस्क्यू गरेको थियो । नदीले वगाएर मृत्यु हुने भिमाकुमारी भट्टराई धरान–१४ विजयपुरका ढलवहादुर भट्टराईका श्रीमती भएको प्रहरीले वताएको छ । घट्ना शनिवार विहान ९.३० वजे घटेको थियो भने भट्टराईको मृतलास ११ वजे छिम्सुवाटारमा प्रहरीले नदीवाट वाहिर निकाल्न सफल भएको थियो । भट्टराईको लास शनिवार जिल्ला अस्पताल धनकुटामा ल्याई पोष्मार्टम गरि परिवारले जिम्मा लिएको प्रहरीले जनाएको छ । पुजा गर्न विश्रान्ती आएकी भिमाकुमारी भट्टराई उनी एक्लै थिइन वा अरु कसैसंग साथ लागेर आएकी थिइन भन्नेबारे प्रहरीले स्पष्ट बताएको छैन । घट्नाको अनुशन्धान भैरहेको प्रहरीले बताएको छ ।