घण्टाघर । धरान–१५ बगरकोटबासी महिलाहरूले नेपालीहरूको महान् पर्व तीज मनाएका छन् । शनिबार होटल इजी राइडर्समा विविध कार्यक्रम गर्दै तीज मनाएका हुन् । कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । भीमबहादुर विक, पदमकुमारी विश्वकर्मा, मनकुमारी विश्वकर्मा, जगमाया गुरूङलगायतलाई सम्मान गर्दै तीज मनाइएको कार्यक्रमकी संयोजक विष्णु श्रेष्ठले जानकारी दिइन् । ‘समाजमा बसेपछि केही राम्रो र उदाहरणीय कार्य गरौं भन्दै तीज मनाइएको हो’, उनले भनिन् । बुलेट चाउचाउ र इरा वाइले सहयोग गरेको कार्यक्रममा एञ्जल सप्लायर्सकी पूजा श्रेष्ठ, प्रदीपकुमार श्रेष्ठलगायतले सहयोग गरेका थिए । कार्यक्रममा महिलाहरूले नृत्य पस्किएका थिए । कार्यक्रममा नृत्यमा प्रथम, मेकअप, डे«स आदिमा उत्कृष्ट हुने महिलालाई सम्मान साथ पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन पम्फा दर्नालले गरेकी थिइन् ।