बेलबारी/मोरङको डाँगीहाट शुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण बुद्ध एयर गोल्डकपको उद्घाटन खेलमा चर्च ब्वाइज क्लब काठमाडौं विजयी बनेको छ ।
डाँगीहाट युथ क्लबको आयोजनामा भएको खेलमा धनकुटा–११ लाई ५–३ गोलले पराजित गर्दै चर्च ब्वाइज विजयी बनेको हो । खेलमा चर्चका निरोज बस्नेत, जङ्बु शेर्पा, भुवन बस्नेत, सुनिल खड्काले गोल गरे । धनकुटाबाट वर्तमान राईले २ गोल र दीपेन तामाङले एक गोल गरे पनि हार टार्न सकेनन् । प्रतियोगिताको म्यान अफ दी म्याच चर्चका जङ्बु शेर्पा घोषित हुँदै नगद पाँचहजार रुपैयाँ पाए । प्रतियोगिताको उद्घाटन एन्फाका उपाध्यक्ष तथा फुटबलका राष्ट्रिय टिमका पूर्व क्याप्टेन उपेन्द्रमान सिंहले गरेका थिए । आइतबारको खेलमा बिर्तामोड युनाइटेडले आयोजक लक्ष्मीमार्गलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले हराएको छ । खेलको म्यान अफ दि म्याच बिर्तामोडका आशिष चापागाईं घोषित भए ।
निर्धारित खेल बराबरीमा सकिएपछि ट्राइब्रेकरको सहारा लिनुपरेको थियो । प्रतियोगिता विजेताले २ लाख २२ हजार र उपविजेताले १ लाख २ हजार नगदसहित ट्रफी पाउनेछ ।