इटहरी । बिद्यालयस्तर देखी नै खेलाडी उत्पादन गर्ने उदेश्वले इटहरीमा एन्फा ग्रास सुट फुटबल क्याम्प शनिबारबाट सुरु भएको छ । अखिल नेपाल फुटबल संघकोे आयोजना इटहरीमा संचालित फुटबल क्याम्प सुरु भएको हो ।
क्याम्पको उद्घाटन गदै इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले गाउँ गाउँबाट खेलाडी उत्पादन गर्नु पर्ने आवश्यक रहेको बताईन । उनले भने खेलाडी उत्पादनमा सरकारले समेत लगानी बढाउँनु पर्छ । एन्फाका मानार्थ उपाध्यक्ष किशोर राइले खेल क्षेत्रलाई अझै आवश्यक बजेट बिनियोजन भई नसकेको गुनासो गरे ।
फुटबलको आधारभुत तह मानिने ग्रास सुट शनिबार देखी नेपालभरीका ४७ जिल्ला सुरु भएको हो । इटहरीमा सुरु भएको फूटबल क्याम्पमा सुनसरीका दुइ दर्जन बढी संस्थागत र सामुदायिक बिद्यालयहरुका ५ सय बढी बिद्यार्थीहरु सहभागी छन । कक्षा ८ सम्मका बालबालिका सहभागी रहेको सो क्याम्प हप्ताको एक दिन प्रत्येक शनिबार सञ्चालन हुने कार्यक्रम संयोजक एवंम एन्फा सुनसरी कोषाध्यक्ष कोबितजंङ कार्कीले जनाए ।
चार बर्षसम्म जारी रहने सो क्याम्पका लागी राष्टिय खेलाडीहरुले सहभागी बालबालिकाहरुलाइ फूटबलका आधारभूत सीपहरु सिकाउने मुख्य प्रशिक्षक एवंम पूर्व राष्टिय खेलाडी सुरेन्द्र तामांङले जानकारी दिए । सुनसरीका ग्रामिण क्षेत्रका बिद्यालयका बिद्यार्थीहरु समेत सहभागी ग्रास सुट फूटबल क्याम्पका लागी २१ जना प्रशिक्षकहरु खटाइएको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए । उनले भने खेलाडी उत्पादन गर्ने ग्रासरुट गरेका हौ ।