विराटनगर । ३८ क्वीहटल सुन तस्करी र उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा उच्च अदालत विराटनगरले निलम्बित डिएसपी प्रजित केसीलाई साधारण तारिकमा छोड्न आदेश दिएको छ । रामकुमार तिवारीलाई पाँच हजार धरौटी बुझाउन उच्च अदालतले आइतबार आदेश दिएको हो ।
उच्च अदालतको ५ नम्बर इजलासका न्यायाधीश उमशेराज पौडेल र उमेश कुमार सिंहले जिल्ला अदालत मोरङले जेठ २८ गते गरेको आदेशलाई उल्टयाउँदै केसीलाई साधरण तारिकमा र तिवारीलाई धरौटिमा छोड्न आदेश दिएका हुन् ।
जिल्ला अदालतको आदेश रितपूर्वक नदेखिदा साधरण तारिकमा राखि मुद्दाको कारबाही अगाडी बढाउन आदेश आएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारयण रेग्मीले जानकारी दिए । मुलुकी ऐन अदालती बन्दवस्तीको ४७ नम्बर बमोजिम साधरण तारिकमा छोडन केसीलाई आदेश दिएको उनले बताए ।
केसी र तिवारीले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै सादा तारिकमा छोडन माग राख्दै असार ७ गते अदालती बन्दवस्तीको १७ नम्बर गरेका थिए । केसी पक्राउ पर्नुअघि अपराध अनुसन्धान महाशाखा काठमाण्डौका डिएसपी रहेका थिए । यस प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित समितले उनलाई बयानका लागि बोलाएको थियो । उनी पक्राउ परेका थिए । उनलाई बयानपछि पक्राउ पूर्जी थमाइएको थियो ।