इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरीको आईतबारे लाईनमा रात्री कालिन बजार लाउँने भएको छ । इटहरीकी उपमेयर लक्ष्मी गौतमको संयोजकत्वमा गठित समितिको सिफारिसको आधारमा रात्रीकालिन बजार लगाउँन लागीएको हो । साझमै इटहरी बन्द हुने भन्दै सर्वसाधरणको चर्को आलोचना पछि इटहरीलाई रात्रीकालिन बजार लाउँन पहल थालिएको इटहरीका मेयर द्धारिकलाल चौधरीले जनाए । त्यस्तै आईतबार बसेको चालु आर्थिक बर्षको दोस्रो बैठकले इटहरीको मुख्य चौकमा सार्वजनिक शौचालय बनाउँनुको साथै दर्जनौ निर्णय गरेको बैठक पछि पत्रकार सम्मेलनमा जनाईएको छ । खोलाको अधिकार क्षेत्र तोक्नका लागि वडा नम्बर १४ का अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा एक समिति निर्माण भएको र उत्तः समितिले ३ महिना भित्रमा प्रतिवेदन बुझाउने मेयर चौधरीले जनाए । त्यस्तै चैत मसान्तसम्ममा इटहरीलाई बालमैत्री नगर घोषणा गर्ने गरी कार्यविधि र आचारसंहिता पारित गरिएको छ मेयर चौधरीले भने । त्यस्तै, इटहरी उपमहानगरमा सूचना र प्रविधिको विषयलाई व्यवस्थित बनाउन प्रत्येक वडा कार्यालयमा सूचना प्रविधि सहायक नियुक्त गर्ने निर्णय पारित गरिएको छ । आगमी दिनमा इटहरीलाई अझै ब्यवस्थित बनाउँन लागी पर्ने इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जनाईन ।