धनकुटा । धनकुटाको हिलेमा महिला दिदि वहिनीहरुले मात्र संचालन गरिहेको महिला सशक्तिकरण वचत तथा ऋण सहकारी संस्था लि.ले आ.व.०७४/०७५ मा २ करोड, ५ लाख, २० हजार, ३ सय ७६ रुपयाँ वरावरको कारोवार गरेको जनाइएको छ । अघिल्लो आर्थिक वर्ष.०७३/०७४ मा भने महिला सशक्तिकरण वचत तथा ऋण सहकारी संस्था लि.हिलेले १ करोड, १४ लाख, ६८ हजार, ५ सय ३४ रुपयाँ वरावरको कारोवार गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष ९० लाख, ५१ हजार, ८ सय ४२ रुपयाँ वरावरको कारोवार वृद्धि भएको देखिन्छ । सहकारीले सनिवार धनकुटाको हिलेमा सातौं वार्षिक साधरणसभा आयोजना गरेर आफ्नो शेयर सदस्यहरु र सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुलाई यस्तो जानकारी दिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न सातौं वार्षिक साधरणसभामा संस्थाका अध्यक्ष पेमाकुमारी लामाले आ.व.०७४/०७५ को वार्षिक प्रगती प्रतिवेदनसंगै आय–व्याय प्रस्तुत् गरेका थिए । सो अवसरमा संस्थाको तर्फवाट वार्षिक प्रगती प्रतिवेदन प्रश्तुत् गर्दै अध्यक्ष लामाले आ.व.०७४÷०७५ ऋण असुली तर्फ ४५ लाख, ८० हजार, ४ सय ७ रुपयाँ भउको वताएका छन् । अघिल्लो वर्ष भने ४१ लाख, १६ हजार, ३ सय ७५ रुपयाँ ऋण अशुली भएको थियो । त्यसैगरी निक्षपे संकलन तर्फ १ करोड, २ लाख, ३४ हजार, ६ सय ३५ भएकोमा अघिल्लो वर्ष निक्षेप संकलन ६५ लाख, २७ हजार, ७ सय ११ रुपयाँ मात्र भएको थियो । यो वर्ष संस्थाको शेयर विक्रि वापत १ लाख, ९ हजार, ७ सय भएको थियो भने अघिल्लो वर्ष १ लाख, ६० हजार, २ सय भएको थियो । त्यसैगरी यो वर्ष व्याज अशुलीवाट ३ लाख, ७५ हजार, ३ सय ७४ रुपयाँ भएको थियो भने अघिल्लो वर्ष २ लाख, ४७ हजार, ७ सय ६५ रुपयाँ भएको थियो । प्रवेश शुल्क १ हजार, सेवा शुल्क ४१ हजार, ९ सय २० र बाह्य ऋण ५० लाख, गत आ.व.को वैंक मौजाद १ लाख, ७७ हजार, ३ सय ४० रुपयाँ रहेको वताइएको छ भने अघिल्लो वर्ष वैंक मौजाद ३ लाख, ६१ हजार, २३ रुपयाँ थियो । यसरी आ.व.०७४/०७५ मा जम्मा २ करोड, ५ लाख, २० हजार, ३ सय ७६ रुपयाँ वरावरको आय अध्यक्ष लामाले सार्वजानिक गरेका हुन् । त्यसैगरी व्याय तर्फ खर्च वचत फिर्ता ९२ लाख, ६८ हजार, १ सय २२, ऋण लगानी ९७ लाख, ७ हजार, चालु व्याज ४३ हजार, ९९ सय रुपयाँ, तलव भत्ता १ लाख, २७ हजार, घरभाडा २४ हजार, मसलन्द २२ हजार, ५ सय ३५ रुपयाँ, साधरणसभा खर्च २४ हजार, १ सय ५० रुपयाँ र वैंक मौजाद ५ लाख, १४ हजार, ५ सय, ९० रुपयाँ रहेको पनि अध्यक्ष लामाले जानकारी दिएका छन् । त्यसैगरी कर्जा फिर्ता ६ लाख, २४ हजार, ९ सय ९९ रुपयाँ, व्याज भुक्तानी १ लाख, ५३ हजार, १ सय ५२, लेखापरिक्षण ५ हजार र कर ६ हजार, ७ सय २९ रुपयाँ गरी जम्मा २ करोड, ५ लाख, २० हजार, ३ सय ७६ रुपयाँ वरावरको व्याय समेत अध्यक्ष लामाले सार्वजानिक गरेका हुन् । साथै उनले आ.व.०७५÷०७६ को लागी ६ करोड, ३० लाख, १० हजार रुपयाँ अनुमानि आय प्रस्ताव गरेका छन् भने आ.व.०७४÷०७५ को यथार्थ आय ४ करोड, ६३ लाख, ९९ जहार, ८ सय ६४ रुपयाँ रहेको पनि स्पष्ट पारेका छन् । हाल संस्थामा ३ सय २५ महिला शेयर सदस्य आवद्ध रहेको र दैनिक रुपमा सहकारीले ४० देखी ५० हजार रुपयाँ निक्षेप संकलन गर्दै आएको पनि जानकारी शेयर सदस्यहरु र अन्य सरोकारवालाहरुलाई जानकारी दिइएको छ । “सहकारीको अपरिहार्यता, इमान्दारिता र पारदर्शिता” भन्ने मुल नाराको साथ आयोजना गरिएको सातौं वार्षिक साधरणसभामा कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्मुख चिन्तन तामाङ, जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं.१ का वडाध्यक्ष निरेन तामाङ, आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राई, उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, राष्ट्रिय सहकारी वैंकका प्रवन्धक सिद्धि कुमार श्रेष्ठ, हिले वजार व्यावस्थापन समितिका अध्यक्ष वुद्ध तितुङ तामाङ, जनज्योती वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष धिरेन थिङ, स्वरोजगार कोषका धनकुटा संयोजक वविता राई लगायतले सहकारीको उत्तरोत्तर प्रगतीको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा संस्थाको तर्फवाट उत्कृष्ठ वचतकर्ता लोकमाया तामाङ, उत्कृष्ठ ऋणी माई खड्कालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । त्यसैगरी संस्थामा इमान्दारिताको साथ काम गर्ने २ जना कर्मचारीहरु सर्मिला राई र रिमा पापोलाई पनि नगद पुरस्कार,सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान एवं पुरस्कृति गरिएको थियो । त्यसैगरी एकल महिलाहरु मधु राई, चन्द्रमाया तामाङ, सविना राई, गंगामाया पाठक र मथुरा सिलवाललाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि चिन्तन तामाङ, विशिष्ट अतिथि जिल्ला सहकारी संघका अध्यक्ष सुन्दरवावु श्रेष्ठ लगायतले पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए संस्थाका अध्यक्ष पेमा कुमारी लामाको अध्यक्षतमा सम्पन्न वार्षिक साधरणसभाको संचालन व्यावस्थापक सुनिता तामाङले गरेकी थिईन भने स्वागत मन्तव्य संस्थाका लेखा समिति सदस्य गीता देवी कार्कीले राखेकी थिईन ।