धनकुटा । बलात्कारी तथा हत्यारालाई कारवाही नगरेसम्म धनकुटामा महिलाहरुले सशक्त सडक आन्दोलन जारी राख्ने आईतवार धनकुटामा विरोध र्याली पछी आयोजित बिरोध सभामा सहभागी महिला अधिकारकमीहरुले उद्घोष गरेका छन । धनकुटामा क्रियाशिल विभिन्न महिला संघ संस्थाहरुको समन्वय र डब्लु–डब्लु जे धनकुटा सम्र्पक व्यक्तिको संयोजनमा धनकुटाको मदन चौकबाट निर्मला पन्तको वालत्कारी तथा हत्यारारलाई कारवाहीको माग गर्दै निकालिएको विरोध र्यालीले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रममा गरी पुनः मदन चौकमा आई पुगेर कोणसभामा परिणत भएको थियो सो अवसरमा आयोजित कोणसभालाई पूर्व सांसद अञ्जना ताम्लीले सरकार बलात्कारी र हत्यारालाई संरक्षण गर्न लागिरहेको आरोप लगाए ।कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले मुलुकमा अहिले दण्डहिनता बढेको हत्या हिंसा र बलात्कारीको घट्ना दिन प्रतिदिन बढेकोले सरकारल असफल हुदै गएको वताए । सकल्प धनकुटाका अध्यक्ष मिना राईको अध्यक्षतामा सम्पन्न भएको विरोध ¥याली तथा विरोध सभामा राष्ट्रिय जनमोर्चा धनकुटाका अध्यक्ष तुलमान राई,धनकुटा नगरपालिका वडा नं. ५ का निर्वाचित वडा सदस्य तथा महिला संघकी केन्द्रिय प्रतिनिधि अम्विका परियार लगायत महिला अधिकारकर्मीहरुले निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारवाही नभए सम्म र महिला हिंसा नरोकिएसम्म धनकुटामा सडक आन्दोलन जारी राख्ने उद्घोष गरेका छन् । कोणसभा आयोजना हुन पुर्व उनीले वलत्कारीलाई कार्वाही गर, शान्ती सुरक्षा कायम गर्न नसक्ने ओली सरकार राजीनामा दे, वलत्कारीलाई फासी दे, दोषीलाई कार्वाही गर, महिला हिंसा वन्द गर, सरकारको जिम्मेवारी पुरा गर, शान्ती सुरक्षा कायम गर जस्ता नारावाजी गर्दै धनकुटा वजारको विभिन्न भागको परिक्रमा गरेका थिए । कार्यक्रमको संचालन प्यारालिगल धनकुटाका अध्यक्ष कोपिला शंकरले गरेका थिए भने कार्यक्रमको उदेश्य माथि डब्लु डब्लु जे धनकुटाका स्रोत व्यक्ति जयन्ती राईले प्रकाश पारेका थिए । मानवअधिकारकर्मी गिता अधिकारी,हिमा चेम्जोङ्ग,रेजिनामा हिङमाङ्ग,निरुपा राई,तारा वस्नेत तिवारी,ताराकला राई,पशुपती राई,सत्यकला राई जानुका सुन्दास,वडा नं. ५ का निर्वाचित वडा सदस्य सिता श्रेष्ठ लगायत महिला अधिकारकर्मी तथा महिला दिदि वहिनीहरुको सो अवसरमा सहभागतिा रहेको थियो ।