पानवारी/‘वन–वे’ सडकको रूपमा परिचित पुरानो बजारको सिंहदेवी चौकदेखि दक्षिणतर्फ बनेको कालोपत्रे बनिनसक्दै भत्किन थालेको छ ।  देव एण्ड सायर कन्स्ट्रक्सन र भुमि जेभी कन्ट्रक्सन कम्पनीले संयँक्त रूपमा निर्माण गरेको सडक दुई महिना नपुग्दै भत्किन थालेको हो । कम्पनीले असारमा निर्माण सम्पन्न गरेको थियो । शहरी विकास तथा भवन निर्माण विभागको लगानीमा निर्माण सम्पन्न भएको २ सय ६७ मिटर सडकको कालोपत्रे उप्किन थालेको स्थानीयले बताए । यसअघि कम्पनीले ड्रेनमा लगाएको स्ल्याब समेत ग’णस्तरहीन भएको भन्दै परिवर्तन गर्न लगाएको थियो । तात्कालीन समयमा शहरी विकास डिभिजन कार्यालय मोरङका इञ्जिनियर इन्द्रनारायण दासको नेतृत्वमा भएको अनुगमनका क्रममा गुणस्तरहीन भएको फेला परेपछि तत्काल फेर्नका लागि निर्देशन दिएको थियो । कम्पनीले हालसम्म स्ल्याबसमेत नफेरेको स्थानीयले बताए । स्थानीयबासीले गुणस्तरहीन सामग्री प्रयोग गरेका कारण सडक उप्किन थालेको बताए । ठेक्का सम्झौताअन’सार चारसय ३७ मिटर सडक निर्माण गनर्’पर्ने भए पनि कम्पनीले २ सय ६७ मिटर मात्रै सडक निर्माण गरेको छ । स्थानीय बनवरलाल जैनले कम्पनीले पुरै बदमासी गरी काम गरेकोले २ महिना नबित्दै पिच भत्किएको बताए । उनले भने, ‘जहिले राति–राति अँध्यारोमा काम गरायो, क’न ठाउँमा पेल्यो क’न ठाउँमा पेलेन, त्यही भएर यो पिच भत्कियो ।’ स्थानीय चान्दमल शर्माले भने, ‘सडक मात्र होइन ड्रेनको स्ल्याब पनि राम्रो छैन, स्ल्याब नमिलेकोले सडक पेटीबाट हिँड्न एकदम अप्ठेरो छ र स्ल्याब पनि धेरै ठाउँमा भाँच्चिइसकेको छ ।’

धरान उपमहानगरपालिकाले शहरका सबै सडक अपाङ्गमैत्री बनाउने उद्घोष गरिसकेको छ । तर उक्त सडकको पेटी अपाङ्गमैत्री मात्र होइन, सामान्य मानिससमेत हिँड्न नसक्ने अवस्थाको छ । स्ल्याब रखाइ नमिल्दा दिनको समय अप्ठेरो गर्दै हिँडे तापनि रातको समयमा भने हिँड्न गाह्रो छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङका डिभिजन इञ्जिनियर श्यामकिशोर सिंहले कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेर काम गरेको भेटेपछि ड्रेनको ५० प्रतिशत रकम भुक्तानी रोकेको बताए । उनले पहिलो ६ मिटर चौडा पक्की गर्ने गरी ठेक्का लगाएको भए पनि स्थानीयले सबै सडक पक्की हुनुपर्ने माग राखेपछि सडकको लम्बाइ घटाएर ११ मिटर पक्की गरिएको बताए । उनले कम्पनीले निर्माण सम्पन्न गरेको भए पनि एक वर्षसम्म मर्मत गर्नुपर्ने शर्त भएकाले तत्कालै अनुगमन गरी मर्मत गर्नुपर्ने हो वा पुनःनिर्माण गर्न‘पर्ने हो, निर्णय गरेर काम गराउने बताए ।

यता सडक निर्माणको काममा रेखदेख गर्दै आएका कम्पनीका कर्मचारी शुभम बोहोराले कामको ठेक्का लिँदा र काम गर्दा डिजाइन नै परिवर्तन भएकोले निर्माणको काममा केही कमजोरी भएको स्वीकार गरे । उनले गत असारमा पक्की गरेको सडक बलियो बनाएको दाबी गर्दै विद्युत्को पोलको कारण पिच थिच्न नसकेको ठाउँमा भत्केको हुनसक्ने भन्दै आफुले अनुगमन गरेर मर्मत गर्ने बताए ।