रङ्गेली । प्रदेश १ का सांसदहरुले तत्काल प्रदेशको नाम र स्थाइ राजधानिको टुङगो लागाउन प्रदेश सरकार सँग माग गरेका छन । जारी वर्खे अधिवेसनको सोमबार बसेको प्रदेश सभा बैठमा सांसदहरुले प्रदेशको नाम र स्थाइ राजधानिको टुङगो लागाउन ढिलाई भएको भन्दै तत्काल टुङगो लागाउन माग गरे । बैठकको शुन्य समयमा बोल्दै सांसद लिला सुब्बाले चाडो प्रदेशको नामाङकन र प्रदेशको स्थाइ राजधानि तोक्न प्रदेश सभा समक्ष माग गरीन । उनले दुइतिहाइको सरकार हुदाहुदै प्रदेशको राजधानि तोक्न ढिलाई नगर्न आग्रह गरिन । सांसद विना देवि राइले विभिन्न राजनैतिक संगठन,दल र विभिन्न समहले स्थाइ राजधानी र नामाङकनकोलागी दवाव दिइरहेको स्मरण गराउदै ढीला नगरी स्थाइ राजधानी तोक्न सुझाइन । उनले सबैलाई पायक पर्ने स्थानमा निष्पक्ष रुपमा राजधानी तोक्न माग गरीन । उनले प्रदेशको नामाकरण ऐतिहासीक पृष्ठ भुमिको आधारमा तोक्न प्रदेश सरकारलाई सुझाव दिइन । उनले प्रदेश १ को नाम सगरमाथा किरात वा कोशि किरात राख्नु उपयुक्त हुने दाबी प्रस्तुत गरीन । सांसद राइले किराज जतिय नभएर सभ्यता,भुगोल र इतिहास भएको दावि गरीन । उनले तल्लो किरात,माझकिरात जस्ता ऐतिहासिकताको संरक्षण हुनु पर्नेमा जोड गरिन । प्रदेशको नाम र राजधानीकोलागी संदन बाहिर कहिले काहि सदनमै आवाजउठे पनि प्रदेश सकरकाले त्यो विषय छलफलकै क्रममा रहेको भन्दै टार्दै आएको छ । कतिपय सांसदहरुले राजधानी र नामको टुङगो नलाग्दा विकास निर्माण र प्रदेश सकारको गतिमै असर परेको धारणा राख्दै आएका छन् ।