चक्रघट्टी/ वराहक्षेत्र नगरपालिकास्थित बाघ युवा क्लब र ६ नं वडाका युवाहरूको संयुक्त आयोजनामा जारी ‘प्रथम वराहक्षेत्र नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता’ को उद्घाटन खेलमा वडा नं ७ विजयी भएको छ ।
टाइब्रेकरमा वडा नं. ३ लाई ४–३ गोलअन्तरले पराजित गर्दै वडा नं ७ विजयी भएको हो ।
महेन्द्र मावि चक्रघट्टीको खेल मैदानमा भएको पहिलो दिनको खेलमा फर्स्टहाफमा वडा नं ३ का जर्सी नम्बर १३ लगाएर मैदानमा उत्रिएका अभिषेक लिम्बूले गोल गरेका थिए ।
वडा नं. ७ का अरबिन लिम्बूले सेकेण्ड हाफमा १ गोल गर्दै खेल बराबरीको अवस्थामा पुर्याए । टाइब्रेकरमा पेनाल्टी सुटआउटमार्फत खेलको नतिजा निस्किएको हो ।
खेलको म्यान अफ दि म्याच वडा नं ७ का अभिषेक खड्का भए । शुक्रबार (आज) वडा नं १ र ८ वडा बीच प्रतिस्पर्धा हुने आयोजक कमिटिले बताएको छ ।
युवाहरूलाई खेलप्रति आकर्षित गराई लागूऔषध र दुव्र्यसनबाट मुक्त बनाउने अभियानका रूपमा प्रतियोगिताको आयोजना गरिएको आयोजक कमिटिका कोषाध्यक्ष प्रेमबहादुर भुजेलले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १ लाख नगदसहित मेडल, प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्ने छ । उपविजेताले ५० हजार नगदसहित मेडल, प्रमाणपत्र तथा ट्रफी पाउने छ ।