वराहक्षेत्र / गाउ“मा रोजगार पाएपछि हिजोसम्म विदेश जान चाह“ने वराहक्षेत्रका महिलाहरु अहिले स्वदेश मै आत्मनिर्भर बनेका छन् ।  वैदेशिक रोजगारवाट फर्किएका महिला कामदारहरुको संस्था पौरखी नेपालले गाउँले महिलालाई ई–रिक्सा दिएपछि, उनीहरु विदेश जान छोडेर गाउँमा नै रिक्सा चलाएर स्वरोजगारी बनेका हुन् ।

पौरखी नेपालले वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ र २ का वैदेशिक रोजगारी वाट फर्किएका १५ जना महिलाहरुलाई रिक्सा चालकको तालिम दिएको थियो । त्यसमध्ये सफल भएका ९ जनालाई इ–रिक्सा दिईएको पौरखी नेपाल सुनसरी अध्यक्ष दिलु गजमेरले बताईन् । प्रति रिक्सा ३ लाख २४ हजार रुपैंया दाम पर्ने रिक्सा खरिद गर्न पौरखीले ४२ प्रतिशत रकम १ लाख ८० हजार अनुदान सहयोग गरेका छ । बा“की ५८ प्रतिशत १ लाख ८७ हजार ९ सय २० रुपैंया धरानको प्रभु वैंकले ऋण उपलब्ध गराए पछि उनीहरु स्वदेशमै आत्मनिर्भर भएका हुन । । विदेशवाट र्फिर्कपछि उनीहरु बेरोजगार थिए । पौरखीलेस“ग जोडिएपछि संस्थाले हामीलाई स्वरोगार हुन सीप प्रदान गरेको बराहक्षेत्र १ की मन्दिरा राईले बताईन । ‘रिक्सा चलाएर दैनिक ७ सयदेखि ८ सय कमाई हुन्छ ,त्यस वाट घर खर्चदेखि लिएर आफ्नो व्यक्तिगत खर्च गर्न समेत भ्याएको छु ।’–मलेसियावाट फर्किएकी राईले ब्लाष्ट खवरलाई भनिन । २४ महिनामा तिरी सक्नु पर्ने प्रभु बैंकको मासिक ९ हजार बैंकको ऋण यसैवाट तिरेको उनी बताउछिन् । आर्थिकको लागि अरुलँई गुहार्नु परेको छैन् । बरु उल्टै सहयोग गर्न सक्ने भएकी छु ।’–खशुी हु“दै उनले भनिन ।  उनी स“गै वराहक्षेत्र १ र २ का मनकुमारी तामाङ्ग, शुसिला श्रेष्ठ, मिङमा शेर्पा, चमेली विश्वकर्मा, शारदा खडका, धनकुमारी राईलगायत रिक्सा चलाएर आत्मनिर्भर बनेका छन् । पौरखीकी अध्यक्ष दिलु गजमेर र सचिव शारदा खड्का स्वयम ईरिक्सा चालक हुन् । उनीहरु अरुस“गै विहानदेखि सांझसम्म रिक्सामा यात्रुलाई गन्तव्यमा पु¥याउ“छन् ।