धरान  / शान्त, पारिवारिक वातावरणमा बसेर स्पेशल खानाको स्वाद लिन चाहनेका लागि एउटा फरक नयाँ रेष्टुरेष्ट धरानमा खुलेको छ । वैदेशिक रोजगारीबाट फर्किएका धरानका दुई युवाले धरान ३, कैलाश पथ मस्जिद अगाडि फुडल्याण्ड नेवाः किचन एण्ड बार खोलेका हुन् । चिटिक्क परेका सुन्दर र शान्त अघि विशेष नेवारी परिकार यहाँको विशेष भएको संचालकले बताएका छन् । करिब डेढ दशक ओमन बसेर फर्किएका धरान ७ का युवा पुकल राई र मकाउबाट फर्किएका अरबिन्द श्रेष्ठले बार सञ्चालनमा ल्याएका हुन् । यहाँ स्पेशल नेवारी खानाको परिकार पाइन्छ । औपचारिक उद्घाटन भने बुधबार भोली घटस्थापनाको दिन ज्येष्ठ हजुर बुबाबाट हुने बताइएको छ । ‘धरामा धेरै लञ्ज एण्ड बार खुलेका भए पनि कसैले पारिवारिक वातावरण भएको ठाउँ खोज्दा पाइदैन । त्यही भएर आफुहरुले पारिवारिक वातवरण बसेर खान मिल्ने बार खोलेको हौ ।’–सञ्चालक राईले भने,‘ यहाँ स्पेशल नेवारी खानाको परिकार बन्ने छन् ।’ हाल ४५ लाख लगानी उनीहरुले गरेका छन् । फुडल्याण्डमा खानाको परिकार मात्र नेवारी होइन, रेष्टुरेष्ट एण्ड बारको वातावरण पनि नेवारी सँस्कृतिमैत्री छ। रेष्टुरेष्टको भित्तालाई नेवारी सँस्कृतिअनुसार चित्र, कलाकृत्तिहरुले सजिइएको छ । भित्तामा मायालु जोडी मैचा बोउचा, कुमारी, भैरव, लाखे, काठपुतलीजस्ता नेवारी सँस्कृतिहरु देख्न पाईन्छ । फुडल्याण्डमा नेवारी स्पेशल परिकारमा सकुम्हिचा, सोः (फोक्सो),छोइला, चटामरीको परिकारहरु अण्डा, भेज, मिक्स, चिकेन, नेवारी खाजा सेट लगायत अन्य परिकारहरु फिस, चिकेन, मटन र अन्र्तराष्ट्रिय ब्राण्डको ड्रिक्स पनि पाइने अर्का सञ्चालक अरविन्द श्रेष्ठले जानकारी दिए ।